Logo
१५ चैत्र २०८०, बिहीबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक रोजगार विभागका नासु अख्तियारको फन्दामा, धम्की देखाई घुस मागेको खुलासा

काठमाडौं : वैदेशिक रोजगार विभाग काठमाडौंका नायव सुब्बा रामकुमार फुयाँल ६० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले फुयाँललाई गोकर्णेश्वर नगरपालिका-५ स्थित जोरपाटी चोकबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ । नायव सुब्बा रामकुमार फुयाँलले वैदेशिक रोजगार लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निज बिरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गरिदिन्छु भनी पटक पटक कार्यालयमा बोलाएर डरधम्की देखाई घुस मागेका थिए ।

फुयाँलले सेवाग्राहीसँग ६० हजार घुसबापतको रकम लिएर जोरपाटी चोकमा फलफुल पसल गर्ने ध्रव खड्कालाई राख्न दिएको बताइएको छ । फलफुल पसलेलाई पैसा राख्न दिएको केही समयपछी गोकर्णेश्वर नगरपालिका-५ स्थित जोरपाटी चोक स्थित सापकोटा मिठाइ भण्डारमा खड्कालाई राख्न दिएको पैसा लिन पुगेका सापकोटलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको अख्यितर प्रवक्ता प्रदिप कुमार कोईरालाले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्