Logo
१३ बैशाख २०८१, बिहीबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भपातका असह्य पिडा भोगेका यी ५ चर्चित बलिउड दम्पतीहरु (तस्विर)

काठमाडौ :  प्रत्येक महिलाहरु गर्भवती भएको प्रति खुसी हुन्छन् । किनभने ९ महिना गर्भमा पालेर बच्चा जन्माउनु सजिलो कुरा होइन् । तर पनि महिलाहरु त्यो पिडालाई भुलेर गर्भवती हुदा धेरै उत्साहित हुन्छन् । सबैको हकमा यो खुसी टिक्दैन् ,कसैको गर्भपात भएर त्यो खुसी क्षण भरमै आसुमा परिणत हुन्छ ।

त्यस्तै आज हामी तपाईहरुलाई बलिउडका गर्भपातले खुसी लुटेका ५ दम्पतिहरुको बारेमा कुरा गदै छौ । हेरौ को को हुन् :

शिल्पा शेट्टी र राज कुन्द्रा
बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्राले पनि गर्भपातको पिडा भोगेका थिए । उनीहरुको जीवनको पहिलो खुसी नै दुखमा परिणत भएको थियो । किनभने शिल्पा र कुन्द्राको पहिलो सन्तान नै खेर गएको थियो ।

काजोल र अजय देवगन
बलिउडका चर्चित अभिनेता अजय देवगन र काजोललाई पनि गर्भपातको समस्याले सताएको थियो । अजयले एक अन्तवार्तामा बताएअनुसार स्थानिक गर्भावस्थाको कारण काजोलको अप्रेशन गरिएको थियो । सोही क्रममा काजोल गर्भपातको शिकार भएकी बताएका छन् ।

आमिर खान र किरण राव
बलिउडका सुपरस्टार अभिनेता आमिर खान र किरण पनि गर्भपातको पिडा भोग्न बाध्य भएका थिए । उनीहरुको पनि पहिलो सन्तान नै खेर गएको थियो । जसकारण यो जोडी त्यस समय धेरै दुखित भएका थिए ।

शाहरुख खान र गौरी खान
बलिउडका सबैभन्दा बढी रुचाइएको यो जोडीले पनि गर्भपातको पिडा भोगेका थिए । गौरीले एक अन्तवार्तामा बताए अनुसार आर्यनलाई जन्मदिनु भन्दा अगाडी मेरो कयौं पटक गर्भपात भएको बताइन् ।

अंकिता भार्गव र करण पटेल
टी.भी क्षेत्रका चर्चित जोडी अंकिता भार्गव र करण पटेलले पनि गर्भपातको पिडा भोगेका थिए । अंकिता र करणको पहिलो खुसीको रुपमा नयाँ सन्तान आउन लागेको थियो । तर उनीहरुको खुसी क्षण भरमै आसुमा परिणत भयो । उनीहरुको पहिलो सन्तान जन्मनुभन्दा पहिले नै खेर गएको थियो ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्