Logo
६ बैशाख २०८१, बिहीबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवल-नारायणगढ सडकको रुप फेरिदै : निर्माण कम्पनीले लिए ५ वर्षको जिम्बेवारी

बुटवल : सन् १९७२ मा बनेको ११३ किलोमिटर दुरीको पूर्व-पश्चिम राजमार्गको बुटवल(नारायणगढ खण्डको स्वरुप अब फेरिने भएको छ । उक्त सडक हाल दुई लेनको मात्र छ । सडक साढे तीन वर्षमा ४ लेनमा बिस्तार भइसक्नेछ । यो सडकको स्तरोन्नतीका लागि चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सरकारले सम्झौता गरिसकेको छ ।

गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ मा छुट्टाएर सँगसँगै दुबैतर्फ काम हुनेछ । एशियाली विकास बैंकको ऋण सहयोगमा सडक विस्तार हुन थालेको सडक निर्माणको लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ छ ।

गैंडाकोट-दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने(बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको छ । कूल लागतमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ ।

एडीबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । पहिलो चरणको विस्तारको काम २०८० साउन २२ मा सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको बुटवल-नारायणगढ सडक सुधार आयोजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताए ।

साढे तीन वर्षमा सडक निर्माणको काम सकेपनि पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएको छ । यसअघिका आयोजनाहरु एकवर्ष मात्र मर्मत गर्ने नियम रहेपनि यसमा भने थप ४ वर्ष पनि ठेकेदार कम्पनीले नै मर्मत गर्नुपर्ने सम्झौता छ ।

विस्तार हुने सडकको गैंडाकोट-दाउन्ने खण्डको शहरी क्षेत्र (१७.७ कि.मि.) मा ६ मिटरको सर्भिस लेनसहित ४ लेन,ग्रामीण क्षेत्र (४२.७ कि.मि) सर्भिस रोड विना ४ लेनकै हुने छ । दाउन्ने पहाडको ४.१ किलोमिटर क्षेत्र भने ३ लेनको हुने छ । यो खण्डमा १२ वटा ठूला पुल र ६ वटा वन क्षेत्र पर्छ ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्