Logo
१३ बैशाख २०८१, बिहीबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पानी कतिबेला पिउने त ? जानीराखौँ पानीका केही रोचक सत्य- तथ्य

काठमाडौँ :  मानव जीवनका लागि पानी नभई नहुने कुरा हो। हेर्दा पानीको न त कुनै रंग छ न त कुनै स्वाद नै छ। यहि रंग र स्वादबिनाको तरल पदार्थ ‘पानी’ हाम्रो जीवनका लागि अत्यावश्यक छ।

हामी पानी जतिवेला चाहियो, जति चाहियो त्यति मात्रामा पानी पिउन पिउछौँ। तर शरीरलाई आवश्यक हुन्छ भन्दैमा पानी जथाभावी पिउनु स्वास्थ्यको लागि हानिकारक पनि हुनसक्छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन। हामीले पानी पिउँदा कहिले, कसरी र कति मात्रामा पिउने भन्‍ने कुरा जान्‍नु आवश्यक हुन्छ। पानीका केबल फाइदा मात्रै हुँदैनन्। पानी पिउने उपयुक्त तरिका नजान्दा यसले हाम्रो स्वास्थ्यलाई हानी पनि गर्न सक्छ।

मानव शरीरमा करिब ७२ प्रतिशत पानीको मात्रा रहेको हुन्छ। हामीले खाने खाना जति नै स्वस्थकर भएता पनि सहि मात्रामा पानी नपिउनाले शरीरमा अपच, कब्जियत, ग्याष्ट्रिक, कलेजो सम्बन्धी समस्या, आलस्यता, किड्नीका पत्थरी, रोग प्रतिरोधात्मक क्षमतामा कमी, दाल, छालाको एलर्जी, चर्मरोग र टाउको दुख्ने जस्ता समस्या देखिन सक्छन्।

त्यसकारण पनि हामीले पानीको प्रयोगमा ध्यान दिनु पर्दछ। पानीको प्रयोग कसरी गर्ने त ?

एक दिनमा कति पानी पिउने ?

हरेक दिन नियमित रुपमा पानी पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ। पानीले शरीरका सबै अंगलाई राम्रोसँग काम गर्न मद्दत गर्दछ। मानिस खाना केहि दिन बाँच्न सक्छ तर पानी विना बाँच्न सक्दैन। मानिसका गतिविधिले हरेक दिन कम्तिमा दुई लिटर पानी शरीरबाट बाहिर जान्छ। त्यसैले पनि दैनिक कति पानी पिउने भनेर जान्नु जरुरी हुन्छ।

कति पानी पिउने भन्ने कुरा ठाउँ, प्रकृति र मौसम अनुसार फरक पर्छ। सामान्यतया मानिसको शरीरलाई एक दिनमा कम्तिमा तीन लिटर पानी चाहिन्छ। गर्मी मौसममा शरीरबाट धेरै पसिना निस्कन्छ। शारीरिक व्यायाम गर्ने व्यक्तिको समेत पसिना निस्कन्छ। यस्तो अवस्थामा शरीरमा पानीको खपत बढी हुन्छ। र पानीको मात्रा बढाउनु पर्ने हुन्छ।

शरिरमा पानीको कमी भएको कसरी थाहा पाउने ?

यदि शरीरमा पानीको मात्रा कम भयो भने पिसाव रंग पहेलो हुने गर्दछ। साथै पानीको कमीले पाचन प्रक्रियामा समस्या देखिने तथा छाला खुख्खा हुने गर्दछ। यस्तो अवस्थामा आफूले पिउने पानीको मात्रा बढाउनु पर्दछ।

एक पटकमा कति पानी पिउने ?

हामी मध्ये धेरैलाई लाग्न सक्छ कि पानी जतिवेला जति चाहियो त्यसरी पिउन सकिन्छ। एकै पटक धेरै पानी पिउनु स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन। पानी पिउँदा जहिले पनि विस्तारै पिउनु पर्दछ। पानीलाई केहिबेर मुखमा राखेर निल्नु राम्रो हुन्छ। उभिएर पानी पिउनु हुँदैन। यसरी पिउँदा मृगौलाले पानी राम्ररी फिल्टर गर्न सक्दैन। साथै उभिएर पानी पिउदा जोर्नीमा समेत समस्या देखिन सक्छ। एकपटकमा बढीमा दुई गिलास पानी पिउनु उपयुक्त मानिन्छ।

पानी कति बेला नपिउने ?

खाना खाने समयमा कहिल्यै पनि पानी पिउनु हुँदैन। यसरी पानी पिउँदा हामीले खाएको खानालाई चाहिने भन्दा धेरै पातलो बनाईदिन्छ। जसका कारण पाचन रस कम मात्रामा निस्किने गर्दछ। त्यसैले पानी सधैँ खाना खाएको ४५ मिनेट देखि १ घण्टापछि मात्र पिउनु पर्दछ। बिहानको खाली पेटमा कम्तिमा १ गिलास पानी पिउनु पर्दछ।

पिउने पानी कस्तो हुनुपर्छ ?

धेरै चिसो पानी कहिल्यै पिउनु हुँदैन। जसले पाचन प्रकृयामा समस्या निम्त्याउन सक्ने सम्भावना धेरै हुन्छ। त्यसैले जहिले पनि सामान्य वा मनतातो पानी पिउनु पर्दछ

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्