Logo
१५ चैत्र २०८०, बिहीबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक रोजगार विभागका नायव सुब्बा घुससहित पक्राउ

काठमाडौं : काठमाडौं स्थित वैदेशिक रोजगार विभागका नायव सुब्बा घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले वैदेशिक रोजगार विभाग काठमाडौँमा कार्यरत नासु रामकुमार फुँयालाई बिहीबार साँझ ६० हजार घुससहित पक्राउ गरेको हो ।

नासु फुयाँलले वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीविरुद्ध उजुरी परेको र पक्राउ पुर्जी जारी गरिदिन्छु भन्दै पटक–पटक कार्यालयमा बोलाई डर धम्की देखाउँदै सेवाग्राहीसँग घुस रकम मागेका सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले काठमाडौँको जोरपार्टीबाट घुस रकमसहित पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घुस रकम लिएर जोरपाटी चोकमा फलफूल पसल गर्ने धुर्व खड्कालाई राख्न दिएको र पछि उनीसँग रकम लिँदै गरेका अवस्थामा फुँयालसहित फलफूल पसले खड्कालाई समेतलाई जोरपाटी चोकस्थित सापकोटा मिठाई भण्डारबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्