Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहान उठ्नासाथ गर्नुहोस् यो काम, हुन्छ आश्चर्यजनक फाइदा

एजेन्सी :  कैयौ व्यक्तिहरु बिहान बिउँझिनासाथ एकैपटक विस्तरा छोड्छन् । यसले मुटुमा नराम्रो प्रभाव पार्न सक्छ । आयुर्वेदमा बिहान उठ्ने सही तरिका बताइएको छ। यसलाई उपयोग गरेर शरीरलाई स्वस्थ राख्न सकिन्छ।

बिहान निद्रा खुलेपछि दाहिनेपट्टि फर्किनुहोस् अनि उठेर बस्नुहोस् । यसले मुटुमा अनावश्यक दबाब पर्न पाउँदैन किनकि मुटु हाम्रो शरीरको बायाँतर्फ हुन्छ। अब दुवै हात माथि उठाएर तन्काउनुस् । यसले रातमा कम भएको रक्तसंचारको गति सामान्य हुन्छ । अब आफ्ना दुवै हत्केलालाई आपसमा रगड्नुहोस् र आँखामाथि राख्नुहोस्। यसले शरीरको सतर्कता बढाउँछ । त्यसपछि दुवै हातलाई चुम्नुहोस् र विस्तारै छोड्नुहोस् । यसले शरीरको इनर्जी लेभल बढाउँछ ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्