Logo
७ बैशाख २०८१, शुक्रबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुगलले तेस्रो पटक साढे १ अर्ब युरोको जरिवाना तिर्नुपर्ने

काठमाडौं :  युरोपेली संघको एक आयोगले गुगलमाथि प्रतिस्पर्धामा रहेका अनलाइन सर्च इन्जिनका विज्ञापनदाताहरुलाई ब्लक गरेकोमा १ अर्ब ४९ करोड युरो जरिवाना लगाएको छ ।

यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितिको दुरुपयोगलाई लिएर लगाएको हो । कम्पिटिसन कमिसनले दु्ई वर्षभित्र गुगलमाथि प्रतिस्पर्धा नियम उल्लंघन गरेकोमा जरिवाना लगाएको यो तेस्रो पटक हो । गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले विज्ञापनबाट अर्बौँ डलर आय गरिरहेको छ र सन् २०१८ मा विज्ञापनमा यसको कर तिर्नुपूर्वको मुनाफा ३० अर्ब ७० करोड डलर पुगेको थियो ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्