Logo
१५ चैत्र २०८०, बिहीबार
(March 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होलीको अबसरमा महिला रेस्लिङ : भगवती खड्का भइन च्याम्पियन (भिडियो सहित)

काठमाण्डौ : होलीको अबसरमा राजधानीमा भएको रेस्लिङ महाभिडन्तको महिला रोयल रम्बल म्याचमा भगवती खड्का (युनिका) विजेता भएकी छन । प्रस्पर्धामा भगवतीसहित आकृति पुन, लक्ष्मी घर्तीमगर, लीला उप्रेती, सबिना उप्रेती, गीता जिरेल र जमुना तामाङले प्रतिस्पर्धा गरेका थिए ।

फागु पूर्णिमाको अवसरमा नेपाल महिला रेस्लिङ फाउन्डेसनले भृकुटीमण्डपमा आयोजना गरेको रेस्लिङअन्तर्गत महिला ट्रिपल थ्रेट स्पर्धामा भगवती नै च्याम्पियन बन्न सफल भईन । आकृति र सबिनाले पनि यो स्पर्धामा भाग लिएका थिए । महिला वान भर्सेज वानमा जमुनाले गीतालाई पराजित गरिन ।

महिलाकै अर्को वान भर्सेज वानमा लक्ष्मी घर्तीमगरले लीलालाई हराइन् । भारतीय र नेपाली रेस्लरबीचको पुरुष वान भर्सेज वानमा भारतका प्रिन्स आदवंशीले नेपालका बाबु शाहेबलाई हराए । विजेतालाई नायक राजेश हमालले पुरस्कार बितरण गरेका थिए ।

प्रकाशित मिति: Mar 21, 2019

प्रतिक्रिया दिनुहोस्