Logo
८ बैशाख २०८१, शनिबार
(March 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराई-मधेशमा बिहिबार कसरी मनाइयो होली ? हेर्नुस् थरी-थरीका तस्विरहरु …!

काठमाडौँ : देशको तराई मधेश क्षेत्रमा आज (बिहीबार) धुमधामका साथ होली पर्व मनाईँएको छ । बुधबार पहाडी क्षेत्रमा देखिएको रंगहरुको उत्सव बिहीबार तराईमा भब्य रुपमा देखिएको छ ।

पूर्णिमाको दिन होलिका दहन गरेपछि भोलिपल्ट रंग खेलेर होली मनाउने परम्परा अनुसार तराईका जिल्लामा विशेष रुपमा फागु पर्व मनाईँदैछ । यस्तै जनकपुरमा भने शुक्रबार होली मनाईने छ ।

हेर्नुस् थरी-थरीका तस्विरहरु :

कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार होली पर्व मनाउँदै स्थानीय । तस्बीरः शेरबहादुर सिंह, कञ्चनपुर
कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार होली पर्व मनाउँदै स्थानीय । तस्बीरः शेरबहादुर सिंह, कञ्चनपुर
मनोकांक्षा पूरा हुने विश्वासका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –३ का थारु महिला होली पर्वका अवसरमा बिहीबार होलिका जलाएको ठाउँ परिक्रमा गर्दै । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर
नेपाल पत्रकार महासंघ रुपन्देही भवन परिसरमा बिहीबार होली खेलेर रमाउँदै सञ्चारकर्मी । तस्बिर : निरा गौतम, रुपन्देही
नेपाल पत्रकार महासंघ रुपन्देही भवनको परिसरमा बिहीबार होली खेलेर रमाउँदै सञ्चारकर्मी । तस्बिर : निरा गौतम, रुपन्देही
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङ जिल्ला कार्य समितिद्वारा मदन स्मृति भवन पाञ्चाली विराटनगरमा आयोजित होली मिलन कार्यक्रममा बिहीबार होली खेलेर रमाउँदै सर्वसाधारण । तस्वीर मनोज दाहाल, विराटनगर
विराटनगरमा बिहीबार आयोजित होली मिलन कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र संंघीय सांसद अमनलाल मोती फागु पूर्णिमाको अवसरमा रमाइलो गर्दैै । तस्वीर: मनोज दाहाल, विराटनगर
विराटनगरमा बिहीबार आयोजित होली मिलन कार्यक्रममा होली पर्व मनाउन सहभागी सर्वसाधारण । तस्वीरः मनोज दाहाल, विराटनगर
प्रदेश नं १ का मुख्यमन्त्रत्री शेरधन राईलाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङ जिल्ला कार्य समितिद्वारा मदन स्मृति भवन पाञ्चालीमा विहिवार विराटनगरमा आयोजित होली मिलन कार्यक्रममा रंग लगाई स्वागत गर्दै । तस्वीर : मनोज दाहाल
रङगको पर्व होलीका अवसरमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदाय गोबरको गुइँठामा आगो घरमा लैजानका लागि पालो पर्खदै । जलाइएको होलिकाबाट गोबरको गुइँठामा घर लगिएको आगो वर्षभरि बाल्नुपर्ने थारु समुदायमा चलन रहेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर
रंगको पर्व होलीका अवसरमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदाय होलिका जलाउदै । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर
सुनसरी सदरमुकाम इनरुवा–२ स्थित सुनसरी मिडिया प्रालिद्वारा सञ्चालित पपुलर एफ.एम.ले आयोजना गरेको होली कार्यक्रममा जोगिरा गाउँदै स्थानीय कलाकार । तस्बिर : अजितकुमार झा, इनरुवा
दाङमा बिहीबार सञ्चारकर्मीले होलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा होली खेलेर रमाइलो गर्दै स्थानीय । तस्वीर : बालाराम खडका तुलसीपुर, दाङ

प्रकाशित मिति: Mar 21, 2019

प्रतिक्रिया दिनुहोस्