Logo
१५ चैत्र २०८०, बिहीबार
(March 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसईई परिक्षाको लागि दैनिक १६ घण्टा कम्मर कसेर पढ्ढैछिन् करिश्मा

काठमाडौँ :  नेपाली सिनेमा क्षेत्रमा लोकप्रिय अनि सदाबहार नायिका करिश्मा मानन्धरको अभिनय र सुन्दरताबाट मोहित नहुने कोही छैन । अहिलेका चर्चित नायिकाहरु समेत उनको फेसन सेन्सको कायल छन् । हाल पर्दाबाट टाढै रहेकी करिश्मा यतिबेला एसईई परिक्षाको तयारीका लागि कम्मर कसेर पढिरहेकीछिन् ।

पढ्नलाई कुनै उमेरले छेक्दैन भनेर महिलाहरुका लागि प्रेरणाकी श्रोत बनेकी करिश्माले राजनितीमा प्रबेश गरेसंगै औपचारिक शिक्षाको महसुस गरेपछि उनले मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा भर्ना भएकी थिईन् । नयाँशक्ति पार्टीमा आबद्ध भएपछि बैठकमा एक नेताले ‘यी काम न काजका कलाकार भनेर होच्चाएपछि उनी स्कुल भर्ना भएकी थिईन् । स्कुल पढ्दा पढ्दै अभिनयमा लागेकी उनले त्यसपछि पढ्ने मौका पाएकी थिईनन् ।

पढाई सामान्य रहेकी करिश्मा यतिबेला एसईई परिक्षाका लागि दैनिक १६ घन्टासम्म पढ्ने गरेकी छिन् । यतिबेला उनको लक्ष्य भनेकै यस पटकको एसईईमा बिशिष्ट श्रेणी ल्याउनु हो । चैत्र १० गतेबाट सुरु हुन लागिरहेको परिक्षाको कारण नै करिश्माको व्यस्तता बढेको छ । त्यसैले पनि उनले हरेक बर्ष होलीमा आफनो घरमा आयोजना गर्दे आईरहेको होली कार्यक्रमलाई समेत स्थगित गरेकी छिन् ।

परीक्षाको लागि उनले अँग्रेजी, बिज्ञान, गणित बिषयको अहिले बढी तयारी गरिरहेकी छिन् । नेपाली लगायतका बाँकी बिषयको तयारी पनि आफुले पूर्ण रुपमा गरिरहेको पनि करिश्मा बताउँछिन् । उच्च शिक्षा समेत हासिल गर्ने योजनामा रहेकी करिश्माले हरौँ एसईई परिक्षामा कुन ग्रेड ल्याउने हो ।

प्रकाशित मिति: Mar 21, 2019

प्रतिक्रिया दिनुहोस्