Logo
१३ बैशाख २०८१, बिहीबार
(March 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पिएम नरेन्द्र मोदीको ट्रेलर भयो सार्वजनिक, फिल्म अप्रिल ५ बाट रिलिज हुँदै (भिडियो सहित)

बलिउडमा पछिल्लो समय बायोपिकको ट्रेंड नै चलेको छ । जसमा अधिकांश फिल्महरु सुपरहिट पनि भएका छन् । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म पिएम नरेन्द्र मोदी फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा मोदीको राजनिती यात्रादेखि आतंककवादबिरुद्धको लडाई देखाइएको छ । सामान्य चिया बेच्ने मानिस कसरी प्रधानमन्त्रीसम्म बने यसको यात्रा फिल्मले देखाएको छ । ससर्ती ट्रेलर हेर्दा मोदीको यो फिल्म पाकिस्तानबिरोधी देखिएको छ । जसमा संवादहरु पनि त्यस्तै समाबेश गरिएको छ ।

“हिन्दुस्तान आतंकबाट होईन आतंकवाद हिन्दुस्तानसंग डराउनेछ” ।, “चेतावनी दिन्छु म पाकिस्तानलाई । यदि फेरी पनि हामीमाथि हात उठायो भने हात काटिदिन्छु । तिमीले हाम्रो बलिदान देखेका छौ । अब बदला पनि देख्छौँ” ।

यस्तै यस्तै पाकिस्तानबिरोधी संवादहरुले फिल्मको ट्रेलर भरिएको छ । मोदीको बायोपिक भनिए पनि फिल्ममा उनले पाकिस्तान र आतंकवादबिरुद्ध चालेको कदमहरु बढि फोकस देखिएका छन् । फिल्म अप्रिल ५ बाट रिलिज हुँदैछ ।

ससर्ती हेर्दा यो फिल्म मोदीलाई आगामी चुनावका लागि राम्रो प्रचार सामाग्री हुने निश्चित छ किनकी भारतमा लोकसभाको चुनाव पनि अप्रिलबाट नै सुरु हुँदैछ । फिल्मको ट्रेलर भने निकै धमाकेदार छ । फिल्ममा मोदीको भुमिकामा विवेक ओवराय देखिएका छन् । उनको लुक्स ठ्याक्कै मोदी जस्तै देखाईएको छ । पछिल्लो समय फिल्मी करियरमा खासै चम्किएका विवेकलाई यो फिल्मबाट निकै फाईदा हुने देखिएको छ । फिल्मलाई मेरीकोम शरवजीत जस्ता फिल्म निर्देशन गरेका उमंग कुमारले निर्देशन गरेका छन् ।

https://youtu.be/X6sjQG6lp8s?t=155

प्रकाशित मिति: Mar 21, 2019

प्रतिक्रिया दिनुहोस्