Logo
१२ बैशाख २०८१, बुधबार
(March 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनमोल केसी भन्दा चलचित्र ‘क्याप्टेन’ पात्र इशान खड्का मन पर्‍यो : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नायक अनमोल केसी भन्दा चलचित्र ‘क्याप्टेन’ पात्र इशान खड्का मन परेको बताएका छन् । बुधबार फागुपूर्णिमाको साँझमा बिग मुभिज कमलपोखरीमा क्याप्टेन हेर्न पुगेका प्रधानमन्त्री ओलीले देशको लागि गोल्ड मेडल ल्याउने फुटबल खेलाडीको पात्र इशान खड्का मन परेको बताए ।

प्रधानमन्त्री ओली फागुन १७ गतेदेखि प्रदर्शनमा आएको चलचित्र क्याप्टेनको प्रिमियर शोमा पुगेका थिए । चलचित्र हेर्नु अगाडि होलीको दिन किन चलचित्र हेर्न आउनुभएको भन्ने पत्रकारको प्रश्नमा होली खुशी र विजयको उत्सव मनाउने दिन हो । यहि दिनमा राष्ट्रियता झल्काउने खालको चलचित्र हेर्ने संयोग बनाएको बताए ।

बिग मुभिजमा प्रधानमन्त्री केपी शर्मा ओलिसँगै राधिका शाक्य, पूर्व अर्थमन्त्री विष्णु पौडेल पनि आएका थिए । चलचित्र प्रदर्शनमा आएको दुई सातापछि गरिएको यो प्रिमियरमा कलाकारहरु कृष्ण मल्ल, सरिता लामिछाने लगायत क्याप्टेनका निर्माण टोली, निर्माता भुवन केसी, निर्देशक तथा लेखक दीवाकर भट्टराई, नायक अनमोल केसी, नायिका उपासना सिंह ठकुरी अनि नायिका प्रियंका एमबिसी पनि सहभागी थिए।

प्रधानमन्त्री ओली हाइ सेक्युरिटीसहित चलचित्र हेर्ने बिग मुभिज पुगेका थिए । साढे ६ बजे सुरु भएको चलचित्र हेर्नलाई ओली ६ बजेर १० मिनेट जाँदा मात्र हल पुगेको भएपनि सुरक्षाको टोलिहरु डेढ घण्टा अगाडिबाट नै त्यहाँ तैनाथ भएका थिए । हलको वरपर सार्वजनिक सवारी साधनहरु रोकिएका थिएनन्, ट्राफिक प्रहरी सवारी व्यवस्थापन गरिरहेका थिए ।

यस्तै मल छिर्ने गेटदेखि नै सशस्त्र प्रहरीहरु ठाउँठाउँमा थिए । हल छिर्ने ठाउँमा पनि सजिलै जान पाइएको थिएन । सिभिल ड्रेसमा भएका सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती थियो । सुरक्षाकर्मीसँग तीनवटा कुकुर पनि थिए । सुरक्षाकर्मीको एक टोलीको हातमा बाकस पनि थियो । चलचित्र प्रदर्शन हुने समय कुरेका दर्शकभन्दा सुरक्षाका लागि खटिएका सुरक्षामकर्मीको उपस्थिति बाक्लो देखिन्थ्यो ।

प्रकाशित मिति: Mar 21, 2019

प्रतिक्रिया दिनुहोस्