Logo
७ बैशाख २०८१, शुक्रबार
(March 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न, जनकपुरमा यस्तो छ रौनक (फोटो-भिडियो सहित)

जनकपुरधाम : मिथिलाञ्चलको धार्मिक तथा एतिहाँसिक १५ दिने मिथिला माध्यमिकी परिक्रमा बिहीबार सम्पन्न हुँदैछ ।  मिथिलाञ्चलको महाकुम्भ मानिने परिक्रमा अन्तिमदिन बिहीबार विहानै जनकपुरको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुन लागेको हो । फागुन औसींका दिन धनुषाको मिथिलाविहारी मन्दिरबाट मिथिला बिहारी (रामजानकी) को डोला जनकपुर ल्याएपछि यहाँका विभिन्न मठमन्दिरका डोला समाहित भएर परिक्रमा प्रारम्भ हुने गर्दछ ।

परिक्रमा फागु पुर्णिमा आर्थात आज विहानै जनकपुरको अन्तर गृह परिक्रमा गरी सम्पन्न हुन लागेको हो । परिक्रममा यस वर्ष पनि लाखौं संख्यामा श्रद्धालुभक्तजनहरु सहभागि भएका छन् । रामजानकीको डोलासँगै परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ । परिक्रमा धनुषा, महोत्तरीका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु–भागको यात्रा गरिन्छ ।

वृहत्त, मध्य र अन्तरगृह गरि तिन प्रकारको परिक्रमा गरिन्छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनिय रहेको छ । फागुने औशिबाट शुरु भएर पुर्णिमा सम्म चल्ने यो महोत्सवमा धनुषाको कचुरी गाँउ स्थित मिथिला विहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुदै जानकी मन्दिर ल्याइन्छ ।

त्यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलाहरु समेत समावेश गरि परिक्रमा यात्रा प्रारम्भ हुने गर्दछ । डोलामा पछि पछि परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु सहभागिता हुने गर्छन । लावा लस्कर सहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्ने गर्दछ ।

१५ दिने परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर,भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई,धुव्रकुण्ड, कञ्चनवन,पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत),विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरि मध्य परिक्रमा सम्पन्न हुने गर्दछ ।

पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रममा सहभागि नहुने अधिकांश श्रद्धालु भक्तजनहरु अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रममा सहभागि हुने गर्दछन् । नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट हजारौहजार श्रद्धालुभक्तजन तथा साधुसन्तहरु परिक्रममा सहभागि हुने गर्दछन् । परिक्रममा प्रायः जसो वृद्धवृद्धाहरुको बढी सहभागिता हुन्छ ।

स्थानीयहरुले सांकृति कार्यक्रमहरुसमेत अयोजन गर्ने गर्दछन् भने पुन्य कमाउन एवं सेवा दिन विभिन्न संघ संस्था एवं व्यक्तिहरुले निःशुल्क भोजन , स्वास्थ्य शिवीर र आवासको व्यवस्था गर्ने गर्दछन् । नेपाल र भारतको सामाजिक सदभावको सेतुको रुपमा रहेको यो परिक्रमा धार्मिक, ऐतिहासिक र पूरातात्विक महत्तवको परिचय दिने गर्छ । त्यसै यसले आर्थिक टेवा समेत दिने गर्छ ।

प्रकाशित मिति: Mar 21, 2019

प्रतिक्रिया दिनुहोस्