Logo
१३ बैशाख २०८१, बिहीबार
(March 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्युजिल्याण्डमा अब सेमी-अटोमेटिक हतियार राख्न प्रतिबन्ध, नयाँ कानुन लागु हुँदै

न्युजिल्याण्ड :  न्युजिल्याण्डले सैन्य प्रकृतिका सेमी-अटोमेटिक तथा अटोमेटिक राइफलमाथि प्रतिबन्ध लगाउने भएको छ । क्राइस्टचर्चका दुई मस्जिदमा गएको शुक्रबार एक बन्दुकधारीको आक्रमणमा ५० जनाको ज्यान गएपछि न्युजिल्याण्डले बन्दुक सम्बन्धी कानुन कडा बनाउने भएको हो ।

प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले देशको इतिहासमै सबैभन्दा भयानक गोलीकाण्डले आफूहरुलाई हल्लाएको र बन्दुक सम्बन्धी कानुन कडा बनाउने निर्णयमा सरकार पुगेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमण लगत्तै प्रधानमन्त्री आर्डर्नले घटना आतंकवादी रहेको र देशको बन्दुक सम्बन्धी कानुन कडा पारिने बताएकी थिइन् ।

उनले बिहीबार भनेकी छन्, ‘मार्च १५ को दिन हाम्रो देशको इतिहास सधैँका लागि फेरियो । अब हाम्रो कानुन पनि । सबै न्युजिल्याण्ड बासिन्दाको तर्फबाट हामीले यो घोषणा गर्दैछौँ कि बन्दुक सम्बन्धी हाम्रो कानुन कडा पार्ने छौँ र देशलाई सुरक्षित ।’ उनले पत्रकार सम्मेलनमा भनेकी छन्, ‘आक्रमणको बेला प्रयोग भएका जस्ता सबै सेमी-अटोमेटिक हतियार प्रतिबन्धित भएका छन् ।’

नयाँ कानुन आउँदो अप्रिल ११ देखि लागु हुने उनले बताएकी छन् । उच्च क्षमताका म्यागजिन, अटोमेटिक राइफल र सैन्य प्रकृतिका सेमी-अटोमेटिक हतियारमा प्रतिबन्ध लागेको उनले बताइन् ।

प्रकाशित मिति: Mar 21, 2019

प्रतिक्रिया दिनुहोस्