Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिला साफ च्याम्पियनसिपको फाइनलमा पुग्यो नेपाल, तर उपाधि जित्न भारतलाई जित्नुपर्ने (फोटोफिचर)

विराटनगर : पाचौं महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पुगेको छ । बुधबार विराटनगरमा भएको सेमिफाइनलमा श्रीलंकालाई ४-० ले हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो ।

यो जीतसंगै साफ महिला च्‍याम्पियनशीपका लागि नेपाल र भारत भिड्ने भएका छन् । बुधबार भएको सेमी फाइनलमा भारतले बंगलादेशलाई ४-० गोलले हराएइपछि नेपालसँगको उपाधि भीडन्त तय गरेको हो।

भारत लगातार पाँचौ पटक साफ च्‍याम्पियनशीपको फाइनलमा पुगेको हो । यसअघि चारवटै संस्करण भारतले जितेको थियो ।

पहिलो पहिलो हाफमा १-० को अग्रता बनाएको नेपाली महिला टोलीले दोस्रो हाफमा ३ गोल गरेको हो । नेपालका लागि पहिलो गोल ४२ औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरले गरेकी थिइन ।

त्यसपछि, ७३ औं मिनेटमा अनिता बस्नेतले दोस्रो गोल गरिन । ८२ औं मिनेटमा साबित्रा भण्डारीले र ८६ औं मिनेटमा रेखा पौडेल गोल गरिन ।

पाचौं साफ महिला फुटबल प्रतियोगिता अन्तर्गत बुधबार विराटनगरको शहीद रंगशालामा भएको खेलमा नेपाल (निलो जर्सी) र ७नतसीलङका (पहेलो जर्सी) बीच प्रतिस्पर्धा । पहिलो सेमिफाइनल खेलमा नेपालले ७नतसीलंकालाई ४–० पराजित गरी फाइनलमा प्रवेश गरेको छ । तस्वीरः सौजन्य एन्फा

प्रकाशित मिति: Mar 20, 2019

प्रतिक्रिया दिनुहोस्