Logo
६ बैशाख २०८१, बिहीबार
(March 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड सुपरस्टार मिथुन चक्रवर्तीकोबारे दुखःद खबर, सलमान खान पनि अस्पतालमा (भिडियो)

बलिउड चर्चित अभिनेता तथा तत्कालिन सुपरस्टार मिथुन चक्रवर्तीकोबारेमा दुखःद खबर छ । उनकोबारे बिभिन्न किसिमका समाचारहरु आइरहरेको भएतापनि कुनै आधिकारिक पुष्टि भने भएको छैन ।

यद्यपी स्वास्थ्य अवस्था बिग्रेपछि अमेरिका स्थित एक अस्पतालमा उनको उपचार भइरहेको भारतीय सरकारी पक्षदेखि उनका पारिवारिक पक्षसम्मले पुष्टि गरेको छ । तर समाजिक संजालमा भने उनकोबारेमा बिभिन्न दुखःदहरु सार्वजनिक भइरहेको छ । त्यसबारे कुनै पुष्टि नभएकाले हामिले उक्त कुरालाई यहाँ उल्लेख गर्न जरुरी ठानेका छैनौं ।

पछिल्लो केही समयदेखि फिल्म र टेलिभिजन च्यानलको रियालिटी शोमा नदेखिएका मिथुन लाई ब्याक पेन’ भएपछि उनी अस्पताल भर्ना भएका हुन् । उनको स्वास्थ्य अवस्था सामान्य रहे पनि चिकित्सकहरूले उनलाई केही समय अस्पतालमै उपचार गर्नुपर्ने सल्लाह दिएका छन् ।

मिथुन केही वर्षदेखि सोनी टेलिभिजनबाट प्रसारण हुने डान्स रियालिटी शोमा मुख्य जज बन्दै आएका छन् । शोमा उनले बोल्ने ‘क्या बात क्या बात क्या बात‘’ निकै लोकप्रिय छ । मिथुनलाई उनको छोरा मिमोह र बुहारी मदालसा शर्माले हेरचाह गरिरहेका छन् । बिगत एक बर्षदेखि पिठ्युको दुःखाईबाट ग्रसित बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पतालमा भर्ना भएका छन् ।

ढाड दुख्ने समस्याका कारण राज्यसभाबाट राजीनामा दिई आराम गरीरहेका थिए । सोमबार उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरीएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनी कान्दिवलीस्थित रक्षा अस्पतालमा भर्ना भएको समाचारमा जनाइएको छ । सन् २००९ मा फिल्म ‘लक’ को छायांकनका दौरान उनलाई गम्भीर चोट लागेको थियो जसपश्चात उनी तन्दुरुस्त थिएनन् ।

यस्तो छ मिथुन चक्रवर्तीको जीवनी

मिथुन चक्रवर्ती भारतिय फिल्मको अभिनेता हुन्। उनको जन्म जून १६, १९५२ मा भयो । उनी भारत को राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरिसकेका एक किवदंती फिल्म अभिनेता हुन् भने सामाजिक कार्यकर्ता, उद्यमी र राज्यसभाका सांसद पनि हुन् ।

मिथुनले आफ्नो अभिनयको सुरूवात कला फिल्म मृगया (१८७६) बाट गरे, जसका कारण उनलाइ सर्वश्रेष्ठ अभिनेता को लागि पहिलो राष्ट्रिय फिल्म पुरस्कार प्राप्त भयो ।

१९८० को दशकमा आफ्नो सुनौलो जीवनमा एक नृत्य स्टार को रूपमा उनले बहुत धेरै प्रसंशक बनाए र आफैँलाई भारतको सबैभन्दा लोकप्रिय प्रमुख अभिनेता को रूपमा स्थापित गरे ।

उनी विशेष गरी १९८२ को चर्चित फिल्म डिस्को डांसर मा स्ट्रीट डांसर जिमी को भुमिकामा उत्रिएपछी लोकप्रिय भए । बलिवुडका ३०० भन्दा धेरै फिल्ममा अभिनयका अलावा उनले बांग्ला सिनेमा, उडिया र भोजपुरी मा पनि अभिनय गरेका छन् ।

 

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Mar 20, 2019

प्रतिक्रिया दिनुहोस्