Logo
१३ बैशाख २०८१, बिहीबार
(March 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूजाको विषयलाई लिएर विवाद : प्रियंका गान्धीलाई मन्दिर प्रवेशमा रोक

भारतीय कांग्रेस महासचिव प्रियंका गान्धीले वाराणसीको विश्वनाथ मन्दीरमा गर्ने भनिएको पूजाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ।

केही व्यक्तिले प्रियंका गान्धी इसाई धर्मको भन्दै उनलाई मन्दिर प्रवेशमा रोक लगाउनुपर्ने माग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रियंकाको मन्दिर प्रवेशको विषयलाई लिएर प्रशासनलाई चिठी लेखर समेत आपत्ति जनाइएको बताइएको छ। अधिवक्ता कमलेश चन्द्र त्रिपाठीले वाराणसीका जिल्ला अधिकारीमार्फत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई चिठी लेखेर पठाएका छन्।

चिठीमा प्रियंकालाई काशी विश्वनाथ मन्दिर जानबाट राक्नको लागि अपिल गरिएको छ।  गंगा महासभाका राष्ट्रिय महामन्त्री जितेन्द्रानन्दले यदि प्रियंका गान्धीलाई हिन्दु धर्ममा साच्चै आस्था छ भने उनले आफू हिन्दु भएको लिखित शपथ लिनुपर्ने बताएका छन्।

मार्च १८ देखि २० सम्म पियंकाले प्रयागराज देखि वाराणसीसम्मको जलमार्गबाट यात्रा गर्ने कार्यत्रम रहेको छ। यस क्रममा उनले काशी विश्वनाथ मन्दिरमा पूजा समेत गर्ने बताइएको छ।

प्रकाशित मिति: Mar 19, 2019

प्रतिक्रिया दिनुहोस्