Logo
७ बैशाख २०८१, शुक्रबार
(March 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जन्मदिनको अवसरमा आलिया भट्टले दिईन ड्राइभर र सहयोगीलाई घर उपहार

एजेन्सी : बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो २६औंँ जन्मदिनको अवसरमा आफ्ना ड्राइभर र सहयोगीलाई घर उपहार दिएकी छिन् । भट्टले उनका ड्राइभर सुनिल र सहयोगी अमोलाई ५० लाख रुपैयाँ मूल्य पर्ने घर उपहार स्वरुप दिएकी हुन् ।

यि दुबै जनलाई आलिया भट्ट आफ्नो परिवारको सदस्य झैँ मान्ने गर्छिन् । आलियाले सुनिल र अमोललाई मुम्बईमा घर किन्नका लागि ५०/५० लाख रुपैयाँ दिएकी हुन् । खबरहरुका अनुसार सुनिल र अमोलले मुम्बईको जुहुमा आफ्ना लागि घर पनि बुक गरिसकेका छन् । अभिनेत्री आलिया भट्ट यतिबेला उनको आगामी फिल्म ‘कलंक’ को प्रमोशनमा व्यस्त छिन् । यस फिल्मको टिजर रिलिज भइसकेको छ भने फिल्मको पहिलो गीत पनि हालै रिलिज भएको छ । करण जोहरको निर्माण रहेको फिल्म ‘कलंक’ मा अभिनेत्री आलिया भट्टका साथै वरुण धवन, माधुरी दिक्षित, सञ्जय दत्त, सोनाक्षी सिन्हा, आदित्य रोय कपूर मुख्य भूमिकामा रहेका छन् ।

प्रकाशित मिति: Mar 19, 2019

प्रतिक्रिया दिनुहोस्