Logo
११ बैशाख २०८१, मंगलबार
(March 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउथका यी ५ दमदार सुपरस्टार, जसको नामबाट फिल्म हुन्छ सुपरडुपर हिट

मुम्बई :  पछिल्लो समय साउथ फिल्म पनि क्षेत्रीय फिल्मको दायर तोडेर बलिउडझै विश्वमा आफ्नो पहिचान बनाउन सफल देखिएको छ । साउथमा त यस्ता केही अभिनेता रहेका छन् । जसको चर्चा र फिस बलिउड अभिनेताको भन्दा बढी छ । आज चर्चा साउथका ५ अभिनेताको गर्न खोजिएको छ । जसको नामले फिल्म हिट हुने गर्दछ ।

रजनीकान्त :
रजनीकान्तको लोकप्रियता विश्वमा छ । उनी साउथमा मात्र हैन पुरै भारतमा समेत राज गर्न सफल छन् । उनी एसियाकै सबैभन्दा महँगो कलाकारको लिष्टमा तेस्रो नम्बरमा छन् । उनले आफ्नो पछिल्लो फिल्ममा ८० करोड फिस लिएका थिए ।

कमल हसन :
बलिउडदेखि साउथ फिल्मसम्म कमल हसन छाएका छन् । उनी एक फिल्मका लागि २० देखि ३० करोडसम्म लिन्छन् । कमलको नामबाट फिल्म हिट हुने गर्दछ ।

महेश बाबु :

टलिउड स्टाइल किङ्गको नामबाट परिचित महेशबाबु फिल्ममा हुनु भनेको हिट हुनु हो भन्ने गरिन्छ । बाल हिरोको रुपमा अभिनय करियर सुरु गरेका महेश एक फिल्मका लागि २५ करोड बढी रकम लिन्छन् ।

पवन कल्याण : 
१९९६ मा फिल्म ‘अक्कड अम्माई लक्कड’ बाट अभिनय करियर सुरु गरेका पवन कल्याणले २२ बर्षको अभिनय करियरमा जम्म २३ फिल्म मात्र खेलेका छन् । उनको स्टारडम पनि लोभलाग्दो छ । उनी एक फिल्मका लागि १८ करोड भन्दा बढी फिस लिन्छन् ।

जुनियर एनटीआर :
एनटीआर टलिउडका सबैभन्दा दमदार अभिनेताको रुपमा परिचित छन् । उनी अभिनय, फायट र डान्सको अलग अन्दाजका कारण पनि चिनिएका छन् । १७ बर्षको अभिनय करियरमा उनले कयौ रेकर्ड बनाएका छन् । उनी एक फिल्मका लागि १८ देखि २० करोडसम्म फिस लिने गर्दछन् । उनको नामबाट पनि फिल्म हिट हुने गर्दछ ।

प्रकाशित मिति: Mar 19, 2019

प्रतिक्रिया दिनुहोस्