Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हमालको सम्मानमा ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ घोषणा

काठमाडौं :  साधना कला केन्द्रले अभिनेता राजेश हमाललाई ‘ट्रिब्युट’ गर्ने भएको छ । राजधानीमा एक कार्यक्रमका बीच ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ कार्यक्रम घोषणा गरिएको हो ।

नेपाली अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी गर्न ‘ट्रिब्युट’ कार्यक्रमको थालनी गरेको साधन कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए । घोषणा कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, गायक राजेश पायल राई, यम बराल, नेपाल आईडल रवी ओड लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अभिनेता हमालको हिट डायलग र गीतको केहि क्लिप्सलाई देखाइएको थियो । आउँदो वर्ष २०७६ को जेठ महिनामा कार्यक्रमको आयोजना हुने बताइएको छ । अभिनेता हमालको फिल्मी यात्रामा धेरै नै व्यक्तित्व जोडिएको हुनाले उहाहरुसँगको छलफलपछी एउटा डेट फाइनल गरिने कार्यक्रममा मोक्तानले बताए ।

शम्भुजित बास्कोटा, राजेश पायल राई, यम बराल र रवी ओडले पनि यस कार्यको तारिफ गर्दै सफलताको शुभकामना दिए । ‘मैले पनि पहिलो प्रश्न मै कार्यक्रम किन ? भनेर सोधेको थिए’ अभिनेता हमालले भने ‘एउटा राम्रो कार्यको थालनी मबाट हुन्छ भने किन नगर्ने भनेर सहमत भएको हुँ ।’ ‘म धन्यवाद पनि दिन चाहन्छु कि पहिलो रोजाईमा म परे । यसले एउटा परम्पराको थालनी गरेको छ ’ हमालले थपे ।

प्रकाशित मिति: Mar 19, 2019

प्रतिक्रिया दिनुहोस्