Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ उद्योगलाई प्रदेश सरकारको उपहार : २० वर्षसम्म कर नलिने

प्रदेश २ मा नयाँ उद्योगलाई आकर्षित गर्न प्रदेश सरकारले ठूलो उपहार दिने भएको छ । मन्त्रिपरिषदको सोमबार सम्पन्न बैठकले प्रदेश २ मा नयाँ उद्योग स्थापना गर्नेलाई २० वर्षसम्म कर नलिने निर्णय गरेको हो ।

त्यसैगरी प्रदेश सरकारले उद्योग स्थापनाको लागि निशुल्क जग्गा उपलब्ध गराउनुका साथै उद्योगको सुरक्षाको पूर्ण ग्यारेन्टी दिन उद्योग सुरक्षा बल समेत गठन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी हालको उद्योग दर्ता प्रक्रियालाई सजिलो बनाउँदै ३ घण्टाभित्रै दर्ता गरिने प्रक्रिया समेत मिलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसका अतिरिक्त सहुलियतदरमा विजुली उपलब्ध गराउन समेत पहल गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो ।

प्रकाशित मिति: Mar 18, 2019

प्रतिक्रिया दिनुहोस्