Logo
१३ बैशाख २०८१, बिहीबार
(March 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषा प्रेस फोरममा अर्जुन, प्रदेशको सञ्चारलाई नमुना बनाउने मन्त्री यादवको दाबी

जनकपुरधाम : संघीय प्रेस फोरम धनुषाको प्रथम जिल्ला अधिवेशनले अर्जुन मण्डलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

निवर्तमान जिल्ला अध्यक्ष राम नारायण कापडिको अध्यक्षतामा सम्पन्न अधिवेशनले मण्डललाई सम्पूर्ण कार्यसमिति, प्रदेश पार्षद र केन्दिय पार्षद निर्विरोध निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा ब्रह्मानन्द ठाकुर, अनिता यादव, सचिवमा विरेन्द्र कुमार साह, सहसचिवमा विनय अधिकारी, कोषाध्यक्षमा निलम चौधरी र सदस्यहरुमा अयुब हुसेन, सुशिल राउत, मौसम झा, रविन्द्र कुशवाहा र सुमित साह चयन भएका छन् ।

त्यसैगरी, प्रदेश पार्षदमा राजकमल सिंह, मुकेश ठाकुर, अनामिका ठाकुर, लभ यादव, संजिव पराजुली र केन्द्रिय पार्षदमा रामहृदय यादव चयन भएका छन् ।

अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्रि ज्ञानेन्द्र कुमार यादवले प्रदेश भित्रको संचारलाई नमूना बनाउन प्रदेश सरकारले गृह कार्य शुरु गरिसकेको बताए ।

संचार जगत समाजको ऐना रहेको उल्लेख गर्दै मन्त्री यादवले संचार जगतलाई व्यवस्थित र भयमुक्त बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए । यसका साथै संचारकर्मीलाई समेत आफ्नो दायित्वलाई इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गरे । उद्घाटनसत्रमा प्रदेश सभा सदस्य रामअशिष यादवले संचारकर्मीलाई कसैको लठैत नभई स्वतन्त्र र निष्पक्ष हुनु पर्नेमा जोड दिए ।

उद्घाटन सत्रमा पूर्वसभासद एवं फोरम नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज उर्मिला साह, वरिष्ठ पत्रकार रामभरोस कापडि भ्रमर, संघीय प्रेस फोरमका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश इन्चार्ज अतिश कुमार मिश्र, प्रदेश समितिका उपाध्यक्ष सुरेश कुमार यादव, प्रेस चौतारीका संयोजक अवधेश कामत, प्रेस युनियनका जिल्ला अध्यक्ष राजन सिंह, फोरम नेपाल धनुषाका उपाध्यक्ष दिनेश यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति: Mar 18, 2019

प्रतिक्रिया दिनुहोस्