Logo
१३ बैशाख २०८१, बिहीबार
(March 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रिकेट टिम खरिद गर्दै अभिनेत्री रेखा थापा बनिन् काठमाडौं सुपर च्याम्पियन्सको मालिक

काठमाडौं : विराटनगरमा आगामी महिना हुने एनसिएल महिला टी-२० प्रतियोगिताका लागि अभिनेत्री रेखा थापाले क्रिकेट टिम किनेकी छिन्। रेखाले टी-२० प्रतियोगिताका लागि काठमाडौं सुपर च्याम्पियन्स टिम किनेकी हुन्।

काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूले १४ वर्षदेखि महिलाको क्षेत्रमा काम गरेको बताउँदै महिला क्रिकेटमा पनि योदगान दिन टिम खरिद गरेको बताइन्। उनले आयोजकले ल्याएको प्रस्ताव महिला क्रिकेटमा योगदान दिन स्विकार गरेको बताइन्।

कार्यक्रममा टी-२० लिगमा सहभागी हुने चार टिम, टिम मालिक र मार्की खेलाडी घोषणा गरिएको छ। काठमाडौं सुपर च्याम्पियन्समा नेरी थापा मार्की खेलाडीको रुपमा भित्रिएकी छिन्।

यता विराटनगर रोअरिङको स्वामित्व अनुप सक्सेराले लिएको छन्। विराटनगरको मार्की खेलाडीमा करुणा भण्डारी छिन्। यता भैरहवा क्विन्सको स्वामित्व अनिल भण्डारी र दीपक सुवेदीले लिएका छन्।

भैरहवामा राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्री बेलावसे मार्की खेलाडी बनेकी छिन्। अर्को टिम धनगढी वन्डरवुमेन हरि खनालले लिएका छन्। यो टिममा सीता रानामगर मर्की खेलाडी छिन्।

प्रतियोगितामा आगामी बैसाख ७ देखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर रंगशालामा हुने तय छ। प्रतियोगिताका लागि अब खेलाडी भित्राउन अक्सन हुनेछ। अक्सनको मिति चाँडै घोषणा गर्ने आयोजकले जनाएको छ।

प्रकाशित मिति: Mar 18, 2019

प्रतिक्रिया दिनुहोस्