Logo
१३ बैशाख २०८१, बिहीबार
(March 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘जात्रै जात्रा’ को गीत सार्वजनिक, देखिए करिश्मादेखि निश्चल- बर्षासम्म (भिडियो सहित)

काठमाडौँ :  विपिन कार्की र बर्षा राउत स्टारर फिल्म जात्रै जात्राको पहिलो गीत सार्वजनिक भएको छ । “माया पिरिम” बोलको गीतमा करिश्मा मानन्धर , निश्चल बस्नेत , सारा सिर्पाली , विपिन कार्की , बर्षा राउत , दयाहाङ राई अभिनय रहेको छ भने रविन्द्र सिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकारहरु फिर्चड रहेका छन् ।

गीतमा निशान भट्टराई र मनिषा पोखरेलको आवाज , लेखु सहयात्रीको शब्द र कृष्ण भारद्धाजको संगित रहेको छ । कबिराज गहतराजको कोरियोग्राफी रहेको गीत राम्रो बनेको छ । टिजर सार्वजनिक भएदेखि नै चर्चामा रहेको जात्रै जात्रामा प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा र कविन्द्र त्रिपाठीको पनि अभियन रहेको छ ।

जात्राको सफलतापछि सिक्वेलकोरुपमा निर्माण गरिएको यस फिल्ममा जात्रा, शत्रु गते जस्ता सफल फिल्म निर्देशन गरिसकेका प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहेका छन् । फिल्म जेठ ३ गतेबाट रिलिज हुँदैछ ।

प्रकाशित मिति: Mar 18, 2019

प्रतिक्रिया दिनुहोस्