Logo
१५ चैत्र २०८०, बिहीबार
(March 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाईलाई थाइराइड त भएको छैन ? जानिराख्नुहोस् यसका बारेमा सबै सत्य-तथ्य

काठमाडौँ :  थाइराइड शरीरको एक ग्रन्थी हो । हाम्रो शरीर करोडौँ कोष मिलेर बनेको हुन्छ । ती कोषको विकासमा थाइराइड हर्मन अत्यावश्यक हुन्छ । थाइराइड हर्मोनविना बाँच्न नै असम्भव हुन्छ ।

शरीरका कोष तथा तन्तुलाई विकास र परिपक्व बनाउने थाइराइड सबै मानिसमा हुन्छ । यसकारण थाइराइड हुनु समस्या होइन । तर, थाइराइडमा आउने उतारचढाव समस्या हुन सक्छ । शरीरमा आवश्यकभन्दा बढी थाइराइड हर्मोन बढी (हाइपर), कम (हाइपो) हुनु वा थाइराइड हर्मोनको असामान्य रुपमा उत्पादन हुनु समस्या हो ।

मानिसका लागि अत्यावश्यक थाइराइड हर्मोनको उत्पादन थाइराइड ग्रन्थीले नै गर्छ । थाइराइड ग्रन्थी हाम्रो घाँटीको बीच भागमा हुन्छ । जब थाइराइड हर्मोन उत्पादनमा उतारचढाव आउन थाल्छ, तब समस्या देखिन थाल्छ ।

थाइराइड समस्या जुनसुकै उमेरमा पनि हुन सक्छ तर यो पुरुषको तुलनामा महिलामा धेरै हुन्छ । पुरुषको तुलनामा महिलालाई ‘हाइपरथाइरोडिथजम्’ वा ‘हाइपोथाइरोडिजम्’ हुने सम्भावना १० गुणा बढी हुन्छ । महिलासँगै बालबालिकामा पनि यो समस्या देखिन्छ । महिला गर्भवती छन् र थाइराइडको समस्या छ भने हर्मोनलाई तत्काल सच्याउनु जरुरी हुन्छ । गर्भावस्थामा थाइराइडको समस्या भए गर्भमा रहेको बच्चा र आमा दुवैको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ ।

थाइराइड समस्याले गर्भावस्था र सुत्केरी भएपछि पनि बच्चाको जीवनमा असर गर्छ । गर्भावस्था भनेको विशेष अवस्था हो । बच्चाको मस्तिष्कको विकास गर्भमा रहेको पहिलो तीन महिनामा बढी हुन्छ । त्यतिबेला जति आमाले पौष्टिक आहार पाउँछिन्, त्यति नै बच्चा फूर्तिलो र तेजिलो हुन्छ । थाइराइड समस्यामा हर्मोनलाई सन्तुलनमा ल्याएर उपचार गर्न सकिन्छ ।

थाइराइडका लक्षणहरू

  • खाना कम रुच्ने,
  • शरीर मोटाउँदै जाने
  • बच्चाको शरीर मोटाउँदै गए पनि उमेर अनुसार उचाइ र दिमाग भने
  • विकास नहुने
  • गर्भ तुहिने, गर्भ नबस्ने
  • कपाल झर्ने, तथा शरीर आलस्य हुने
  • महिनावारी अनियमित हुने
  • छाला तथा अनुहार फुस्रो देखिने

कारण

  • टक्सिक एडेनोमास

थाइराइड ग्रन्थीमा गाँठा बन्छन् र थाइराइड हर्मोनलाई प्रभाव पार्न सक्छ । यसले शरीरको केमिकल सन्तुलनलाई बिगार्न थाल्छ । केही भागमा यस्ता धेरै गाँठा हुन्छन् ।

  • सबएक्युट थाइरोइडाइटिस

थाइराइडमा हुने जलनले ग्रन्थीबाट धेरै हर्मोन चुहावट हुन थाल्छ, जसले अस्थायी रूपमा हाइपरथाइरोइडिजम् सिर्जना गर्न सक्छ । सामान्यतः यो केही हप्तामा समाप्त हुन सक्छ तर कहिलेकाहीँ महिनौँसम्म पनि भइरहन सक्छ ।

  • थाइराइड ग्रन्थी हटाउने

थाइराइड ग्रन्थी शल्यक्रिया गरेर हटाइएको वा केमिकल प्रयोग गरेर नष्ट गरिएको हुन सक्छ ।

  • आयोडाइडमा अत्यधिक असर पर्नु

रुघाखोकी र साइनसका औषधि, मुटुको औषधि लगायतले हाम्रो शरीरमा हुने आयोडिनमा अत्यधिक मात्रामा असर पारेको हुन सक्छ । विगतमा पनि थाइराइडको समस्या भएमा हाइपोथाइरोइडिज्मको जोखिम बढ्छ ।

के खाने ?

सागपात, तरकारी, फलफूल, बेरीहरू, अंगुर, केरा, ब्राउन राइस

आयोडिनयुक्त नुनको सेवन गर्ने

अण्डा, ओखर, बदाम खाने

नौनी, ओट्स, तिल, एपोकाडो

माछा, माछाको तेल, आलसको तेल, ओलिभको तेल

के नखाने ?

चिनीलगायत गुलियो पदार्थ कम खाने

भटमास, तोरीको साग, गेडा तोरी, तोरीको तेल,

फास्ट फुड, जंक फुड,

क्लोरिन हालिएको पानी, वियर, रक्सी, कफी नखाने,

क्रिम, बोसोयुक्त मासु, रातो मासु

केक, तारे भुटेको खाना, चुरोट, पान, सुपारी, पान मसला, कोल्ड ड्रिङ्स

प्रकाशित मिति: Mar 18, 2019

प्रतिक्रिया दिनुहोस्