Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियगान ‘सयौं थुङ्गा …’ गाएर सीके राउतले शुभारम्भ गरे परिषदको बैठक (Exclusive फोटो)

सरकारसंग सम्झौता गरेर मूलधारको राजनीतिमा आएका सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले राष्ट्रियताको झल्को दिनेगरी राष्ट्रिय गान ‘सयौं थुङ्गा फूलका हामि….’ गाएर बैठकको शुभारम्भ गरेको छ ।

गठबन्धनको आइतबारदेखि लहानमा सुरु भएको राष्ट्रिय परिषद् बैठकमा सहभागी हुन आउने सदस्यलाई नागरिकता अनिवार्य लिएर आउँन हिजो नै गठबन्धनले आग्रह गरिएको थियो भने औपचारिक रुपमा राष्ट्रिय गाण बजाएर बैठठको शुभारम्भ गरेको हो ।

कार्यक्रममा सहभागी हुन आएका गठबन्धनका कार्यकर्तालाई मूल गेटमै कडा सुरक्षा जाँचपछि भित्र प्रवेश दिइएको छ। गेटमै नागरिकताको प्रमाण पत्र, परिचयपत्र देखाएर सुरक्षा जाँच गरेरमात्र भित्र प्रवेश दिइएको गठबन्धनका एक सदस्य सुदीपराज कुशवाहाले बताए।

उनका अनुसार गठबन्धनले आगामी राणनीति तय गर्न परिषद् बैठक बसेको हो। गठबन्धन र सरकारबीच भएको ११ बुँदे सहमतिपछि यो बैठक पहिलो हो।

मधेशका विभिन्न २२ जिल्लाबाट बैठकमा आएका परिषद् सदस्यहरु बैठक हलमा प्रवेश गर्दा नागरिकता नदेखाई भित्र छिर्न नपाउने व्यवस्था गरिएको छ ।

बैठकको सुरक्षार्थ खटिएका एक स्वयंसेवकले भने, बैठकमा आउनेलाई नागरिकता अनिवार्य गरिएको छ । अन्यथा बैठक हलमा छिर्न नदिने निर्देशन छ ।

लाहान नगरपालिका-७ स्थित माड्वारी सेवा सदनमा ११ बजेबाट शुरु भएको बैठकका लागि स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत बिहान ९ बजे जनकपुरबाट लहान पुगेका थिए ।

उनको प्रवेशसँगै कार्यक्रम स्थल माड्वारी सेवा सदनको सुरक्षा कडा पारिएको छ । मूल गेटबाटै सीकेका आन्तरिक सुरक्षा दस्ताले कार्यक्रमस्थलको सुरक्षा दिइरहेका छन् । नेपाल प्रहरी मूल गेट बाहिर सडकमा उभिएर बाहिरी सुरक्षा पहरा दिइरहेका छन् ।

यस्तै बैठक भित्र प्रवेश गरेका प्रहरीलाई समेत निकालिएको स्रोतले जनाएको छ । मधेश लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाइ जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने लगाएतकाे सहमति राउतसँग भएको हाे।

राउत मूलधारमा समाहित भएपछि तराई मधेसको राजनीति सन्तुलनमा आउने सत्तापक्षको अपेक्षा समेत रहेको छ। राष्ट्रगानपछि संयोजक राउतले दिप प्रजल्वन गर्दै राममनोहर यादवको तस्विरमा माल्यार्पण गरेका थिए ।

प्रकाशित मिति: Mar 17, 2019

प्रतिक्रिया दिनुहोस्