Logo
१२ बैशाख २०८१, बुधबार
(March 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारलाई प्रधानमन्त्रीको प्रश्न : ‘के कुरा गरेको तपाईँलेरु नेपालमा शान्ति चाहिएको छैन?’

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति कायम गर्न विप्लव समूहका अराजक गतिविधिमा रोक लगाएको स्पष्ट पारेका छन् । हत्या हिंसा र आतंककारी गतिविधि निषेध मात्रै होइन सरकारले नियन्त्रण नै गर्ने ओलीले बताए ।

‘म आफूलाई लोकतान्त्रिक भन्ने र लोकतान्त्रको हिमायती ठान्ने पार्टीका नेता जी हरुलाई आग्रह गर्न चाहन्छु, इतिहासले पनि जवाफ दिन नसक्ने अभिव्यक्ति नदिउँ, ओलीले भने, ‘सरकारले लूट मच्याउन पाइँदैन, मान्छे मार्न पाइँदैन भन्दा किन रुवावासी?’

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले समाजमा अराजकता मच्चाउने, बम पड्काउने, मान्छे मार्ने गतिविधि गर्न पाइँदैन भन्दा कसैले रोइलो गर्न आवश्यक नरहेको बताए ।

उनले कुनै पनि सरकारी संस्थाहरुमा दर्ता नरहेको समूहलाई प्रतिबन्ध लगाउन आवश्यक नै नरहेको बताए । ‘विप्लव समूह कतै दर्ता नभएको एक यस्तो झुण्ड हो जुन सरकारी संस्था कसैले पनि चिन्दैन, कैले कैले सुनिन्छ नि कोब्रा समूह के के समूह भनेर हो त्यस्तै एउटा समूहका रुपमा रहेको विप्लव समूहलाई मान्छे मार्न पाइँदैन भनेर सरकारले भनेको हो’, ओलीले भने ।

ओलीले यस्तो भनिरहँदा पत्रकारले प्रतिबन्ध नै लगाउनु पर्ने भएपछि विप्लव समूह ठूलै रहेछ नि होइन र ? भन्दै प्रश्न गरे । पत्रकारको यो प्रश्नपछि ओली जंगिए ।

‘विप्लव समूह अराजक समूह हो, त्यो समूहका माग के छन् तपाईहरुलाई थाहा छ? कसैले मलाई भन्न सक्नुहुन्छ? तपाईँहरुलाई शान्ति चाहिएको छैन? सरकारले शान्ति कायम गर्नका लागि आवश्यक काम गर्छ । म विप्लव समूहलाई पनि भन्न चाहन्छु कि सरकार ठट्टा गरिरहेको छैन, यो ठट्टाको विषय होइन, मुलुकमा शान्ति चाहिन्छ, सरकारले आफ्नो काम गर्छ ।’

लगत्तै पत्रकारहरुले विप्लवलाई वार्तामा किन नबोलाएको भन्दै प्रश्न गरे । यसको जवाफ पनि ओलीले आक्रोशित हुँदै दिए । उनले भने ‘सरकारले वार्ता समिति गठन गरेको तपाईँहरुलाई थाहा छैन? वार्तामा आउन आग्रह गरेको तपाईँले थाहा पाउनुभएन? उनीहरुले हामी वार्तामा आउदैनौँ भनेको सुन्नुभएन?’

अर्काे प्रसंगमा ओलीले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुनै सम्भावना नरहेको बताए । रिक्त रहेको मन्त्रालयमा मन्त्री नियुक्त गर्ने बाहेक मन्त्रिपरिषद् हेरफेरको अरु कुनै सम्भावना नरहेको बताए ।

प्रकाशित मिति: Mar 17, 2019

प्रतिक्रिया दिनुहोस्