Logo
७ बैशाख २०८१, शुक्रबार
(March 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हावाहुरीसँगै फैलिएको आगलागीमा १० घर नष्ट

लहान : हावाहुरीसँगै सप्तरीको सुरुङ्गा नगरपालिका-९ प्रमाणपुरमा आज दिउँसो भएको आगलागीमा १० घर जलेर नष्ट हुँदा करीब रु २६ लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीय बद्री मण्डलको घरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा स्थानीय ८ परिवारको १० घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा रहेको नगद, खाद्यान्न, फर्निचर, लुगा, भाँडाकुँडालगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदाँ सो परिमाणको क्षति भएको इलाका प्रहरी कार्यालय कड्रबोनाले जनाएको छ ।

लहान नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको दुई घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको बताइएको छ । आगलागी के कारणले भयो भन्ने खुल्न नसकेको स्थानीयको भनाइ छ ।

  #सांकेतिक तस्बिर

प्रकाशित मिति: Mar 16, 2019

प्रतिक्रिया दिनुहोस्