Logo
१३ बैशाख २०८१, बिहीबार
(March 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थापाईराख्नुस् : यौनसम्पर्कमार्फत् सर्ने यी ४ नयाँ खतरनाक रोग, जस्ले स्वास्थ्यमा पुर्याउछ ठूलो क्षती

बीबीसी

यौन संक्रमणबाट पैदा हुने रोग (एसटीआई) कुनै अपवाद होइन । हामी यस्तै चार ब्याक्टेरियाबारे जानकारी दिँदै छौं जसले मानिसको स्वास्थ्यमा ठूलो क्षती पुर्याउन सक्छ ।

नाइसेरिया मेनिन्जाइटिस :

नाइसेरिया मेनिन्जाइटिसलाई मेनिन्गोकसको नामले पनि चिनिन्छ । यो ब्याक्टेरियाले दिमाग र मेरुदण्डको हड्डीलाई संक्रमण गर्नसक्छ । तर यो यूरोजेनिटल संक्रमणका लागि परिचित छ । ७० को दशकमा भएको अध्ययन अनुसार चिम्पान्जीको नाक र गला हुँदै यो ब्याक्टेरिया यौनाङ्गसम्म पुगेको थियो जसलाई युथरल संक्रमण भनिन्छ ।

लगभग ५ देखि १० प्रतिशत युवायुवतीमा नाइसेरिया मेनिन्जाइटिस ब्याक्टेरिया घाँटी वा नाकको बाटो हुँदा शरिरभित्र प्रवेश गर्ने गर्छ । एक अध्ययनका अनुसार यो संक्रमण एक व्यक्तिबाट उनको पार्टनरमा मुख मैथुन र अन्य प्रकारको सम्पर्कबाट हुनसक्छ ।

जम्मा पाँच प्रकारका एन. मेनिन्जाइटिस संसारभरी हुने यौन संक्रमणका लागि जिम्मेवार छन् । यद्यपी, यो ब्याक्टेरियाका लागि दुईवटा खोप उपलब्ध छन् जसको मद्दतले यो ब्याक्टेरियाको प्रभाव कम गर्न सकिन्छ ।

माइकोप्लाजमा जेनिटेलियम :

माइक्रोप्लाजमा जेनिटेलियम संसारको सबैभन्दा सुक्ष्म ब्याक्टेरियामध्ये एक हो तर यसमार्फत् हुने यौनजन्य संक्रमण संसारको ठूलो समस्याको कारण बन्दै गएको छ । यसलाई सन् १९८० को दशकमा पहिचान गरिएको हो । यो ब्याक्टेरियाले अहिले लगभग १ देखि २ प्रतिशतलाई संक्रमित गरेको छ । विशेषगरी यो युवा र वयस्कमा तीब्र रुपमा फैलिरहेको छ ।

यो ब्याक्टेरियाका कारण बाँझोपन, गर्भपतन, समयअगावै प्रसव र भ्रुणको मृत्युसम्म हुनसक्छ । कन्डमको प्रयोगले यो संक्रमण पार्टनरलाई सर्नबाट जोगाउन सकिन्छ । अनुसन्धानकर्ताले एम. जेनिटेलियमलाई रोक्नका लागि एन्टीबायोटिक औषधी विशेषगरी एजिथ्रोमाइसिन र डक्सीसाइक्लिनको प्रयोग नगर्न सल्लाह दिने गर्छन् ।

शिगेला फ्लेक्जेनरी :

यसलाई शिग्लोसिसको नामले पनि चिनिन्छ । यो मानवीय मलको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा आउँदा फैलने गर्छ । यो संक्रमणपछि अत्यधिक पेट दुख्न र झाडालगायतका समस्या देखिन्छन् । वैज्ञानिकका अनुसार एस। फ्लेक्जेनरी मूल रुपमा मुख मैथुन र मलद्वारमा यौनसम्पर्क गर्दा फैलन्छन् । संसारभरीका यस्ता संक्रमण तीब्र रुपमा सार्वजनिक भइरहेको छ ।

लिन्फोंग्रानुलोमा वेनेरेउम (एलजीवी) :

क्लेमाइडिया ट्रेकोमाटिस नामको ब्याक्टेरियाका कारण पैदा हुने यो यौनरोग भयानक संक्रमणको कारण बन्न सक्छ । एलजीवीको संक्रमणका कारण अस्थायी डण्डीफोर, यौनाङ्गमा अल्सरको समस्या हुनसक्छ । त्यसपछि यसको ब्याक्टेरिया शरिरको लसिका तन्त्रिकामा आक्रमण गर्नेगर्छ ।

रेक्टल संक्रमण आन्द्रासँग जोडिएका रोगको कारण बन्नसक्छ । मलाशयको गम्भीर रोगको कारण पनि बन्नसक्छ । पछिल्लो एक दशकदेखि एलजीवी युरोप र उत्तरी अमेरिकामा तीब्र रुपमा बढ्दैछ । विशेषगरी यो रोग बाइसेक्सुअल र समलिङ्गीमा साधारण हुँदै गएको छ ।

प्रकाशित मिति: Mar 16, 2019

प्रतिक्रिया दिनुहोस्