Logo
१२ बैशाख २०८१, बुधबार
(March 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमान खानले गाएको गीतको टिजर रिलिज, सोसल मिडियामा उडाईयो मजाक

बलिउडका सुपरस्टार भनिने सलमान खानको फिल्म नोटबुक २९ मार्चमा रिलिज हुँदैछ । फिल्ममा जहिर इकबाल र प्रनूतन मुख्य भूमिकामा छन् । सलमान फिल्मका निर्माता हुन् र उनले फिल्मको एउटा गीत गाएका छन् । गीतको टिजर भिडियो रिलिज भएको छ । यसको पूरा भिडियो चाँडै नै रिलिज हुने बताइएको छ ।

सलमान खान यसअघि हिरो र रेस-थ्रीका लागि गीत गाइसकेका छन् । फिल्म नोटबुकको जुन गीत सलमानले गाएका छन् त्यो सुरुमा पाकिस्तानी गायक आतिफ असलमको आवाजमा रेकर्ड गरिएको थियो । तर पुलवामा हमलापछि आतिफको गीत फिल्मबाट हटाइएको थियो । अब सलमान आफैंले यो गीत गाएका छन् ।

इन्टरनेटमा उड्यो मजाक:

सलमान खानको गाएको गीतको टिजर रिलिज भएपछि धेरैले उनको आवाज मन नपरेको भन्दै टिप्पणी गरे । कतिले सलमानको आवाज एडिट गरिएको आरोप लगाए भने कतिले सलमानको आवाजको गीतको मजाक उडाएका छन् ।

प्रकाशित मिति: Mar 16, 2019

प्रतिक्रिया दिनुहोस्