Logo
८ बैशाख २०८१, शनिबार
(March 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कानुन विपरीत गतिविधि गर्न कसैलाई छुट छैन, सरकारले निर्णय गरेर मात्रै बस्ने होइन’

बुटवल : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताएका छन् । डा. महतले विप्लवलाई प्रतिबन्ध लाउनुभन्दा वार्तामार्फत देशमा भइरहेका आतंकवादी गतिविधि रोक्नतर्फ लाग्नुपर्ने बताएका हुन्।

‘मन्त्रिपरिषदले नेकपालाई प्रतिबन्ध लगाउदैमा मुलुकमा विप्लवका गतिविधि रोकिने होइनन्, सरकारले वार्ताको माध्यमबाट द्वन्द्व समाधान गर्नुपर्छ’ उनले भने । बुटवलमा आयोजित एक साक्षात्कारमा बोल्दै डा महतले सरकारले देशमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताए । विप्लव नेकपामाथि प्रतिबन्ध ठीक कि बेठीक भन्ने प्रश्नमा उनले भने‘‘कानुन विपरीत गतिविधि गर्न कसैलाई छुट छैन, सरकारले निर्णय गरेर मात्रै बस्ने होइन ।’

रेल, पानीजहाजका गफ चुटेर समृद्धि नआउने भन्दै डा. महतले जनताले अनुभूति हुने गरि काम गर्न सरकारलाई सुझाव दिए ।

प्रकाशित मिति: Mar 15, 2019

प्रतिक्रिया दिनुहोस्