Logo
७ बैशाख २०८१, शुक्रबार
(March 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इपिएस भाषा परीक्षाको शुल्क ग्लोबल आइएमई बैंकबाट

काठमाडौं : ग्लोबल आइएमई बैंकले १० औँ इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सेवा प्रदान गर्ने भएको छ । चैत ८ देखि १७ गतेसम्म सञ्चालन हुने १० औँ इपिएस कोरियन भाषा परीक्षा को परीक्षा शुल्क संकलनका लागि नेपाल सरकार श्रम मन्त्रालय वैदशिक रोजगार विभाग ईपिएस शाखा र ग्लोबल आइएमई बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका का.मु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र ईपिएस शाखाको तर्फबाट निर्देशक कृष्ण प्रसाद खनालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका पूर्व मेचि देखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना १३३ शाखा कार्यालयहरुमा छुट्टै काउण्टरको व्यवस्था गरि परिक्षा शुल्क संकलन सेवा प्रदान गर्नेछ भने ग्लोबल आइएमई बैंकको मोवाईल बैंकिङ्ग एप ‘ग्लोबल स्माट’ तथा अनलाईन बैंकिङ्ग ‘ग्लोबल अनलाईन’ मार्फत लाईनमा नबसी जहाँकहिँबाट सरल र सहज तरिकाले सेवाग्राहिले परीक्षा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग ईपिएस शाखासँगको सहकार्यमा सुरुवात देखि नै ग्लोबल आइएमई बैंकले इपिएस भाषा परीक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: Mar 15, 2019

प्रतिक्रिया दिनुहोस्