Logo
१५ चैत्र २०८०, बिहीबार
(March 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला हत्या प्रकरण : पूर्वडीएसपी सेट्ठीसहित ६ प्रहरीलाई धरौटीमा छाड्न आदेश

काठमाडौं : निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको अभियोग लागेका पूर्वप्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान बहादुर सेट्ठीसहित ६ प्रहरीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलाशले बिहीबार उक्त आदेश गरेको हो ।

अदालतले भर्खरै डीएसपीबाट अवकास पाएका सेट्ठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कासँग प्रमाण नष्ट गरेकोमा ५ र यातनामा ४ लाख धरौटी रकम माग गरेको छ । एक साताअघी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुर्व डिएसपी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउद सहित ६ जनलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला अदालत कञ्चनपुरले प्रहरी निरीक्षक जगदीश भट्टसँग ४ लाख, सई हरिसिंह धामिसँग ३ लाख ५० हजार, सई रामसिंह धामिसँग ३ लाख र प्रहरी जवान चाँदनी साउदसँग २ लाख ५० हजार धरौटी माग गरेको छ । निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा प्रहरी अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

कञ्चनपुरका तत्कालीन प्रहरी उपरिक्षक (एसपी) डिल्लीराज विष्ट सहित ८ जनाले निर्मलाको बलात्कार–हत्या प्रकरणसँग सम्बन्धित प्रमाण नष्ट गरेको र असम्बन्धित मानिसहरुलाई शारीरिक तथा मानसिक यातना दिएको भन्दै मुद्दा दर्ता भएको थियो ।खड्ग विष्टले आफ्नो भाइलाई पक्राउ गरेर यातना दिएको भन्दै तत्कालीन डीएसपी सेट्ठी, केन्द्रिय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का विरुद्ध मुद्धा दायर गरेका थिए ।

सरकारले प्रहरी उपरीक्षक ९एसपी० विष्ट र इन्सपेक्टर भट्टलाई सेवाबाट बर्खास्त गरेको थियो भने अन्य ६ जना निलम्बनमा छन् ।

प्रकाशित मिति: Mar 14, 2019

प्रतिक्रिया दिनुहोस्