Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्लोबल आइएमई बैंक : सार्वजनिक यातायातका चालक र परिचालकलाई पोशाक वितरण

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले सार्वजनिक सवारी साधनका चालक तथा परिचालकलाई ५०० थान पोशाक वितरण गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले प्रदेश १ ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा उक्त प्रदेशका सार्वजनिक सवारी साधनका चालक तथा परिचालकलाई सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ५०० थान पोशाक वितरण गरेको हो ।

प्रदेश नं। १ अन्तर्गतका १४ वटै जिल्लाहरुमा संचालन हुने सार्वजनिक सवारी साधनका चालक तथा परिचालकहरुले अनिवार्य पोशाक लगाउनुपर्ने व्यवस्थालाई कार्यान्वयन गर्न र गराउन निम्न आयस्तर भएका सवारी चालक तथा परिचालकहरुलाई उक्त पोशाकहरु वितरण गरिएको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीसँगको सहकार्यमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सवारी दुर्घटना न्यूनीकरण एवं ट्राफिक व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका लागि विभिन्न कार्यक्रहरुमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति: Mar 14, 2019

प्रतिक्रिया दिनुहोस्