Logo
११ बैशाख २०८१, मंगलबार
(March 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतस्थित नेपाली राजदूतावासले गर्‍यो गल्ती, प्रधानमन्त्रीलाई राष्ट्रपति भनी गरियो संबोधन

काठमाडौँ : भारतस्थित नेपाली राजदूतावासले विज्ञप्ती जारी गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति भनेर सम्बोधन गरेको विषय सच्याएर पुन: विज्ञप्ती जारी गरेको छ । तर उसले त्यसमा आफ्नो गल्ती भएको र त्यसका लागि माफी मागेको कतै पनि उल्लेख गरेको छैन। दूतावासले प्रधानमन्त्रीलाई राष्ट्रपति भनी संबोधन गरेपछि त्यसको व्यापक आलोचना भएको थियो।

नवनियुक्त राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोबिन्द समक्ष ओहदाको प्रमाणपत्र बुझाएपछि नेपाली दूतावासले १३ मार्चमा जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भनी उल्लेख गरिएको थियो । आलोचना तिव्र भएको केहीबेरमा दूतावासले सच्चाएर अर्को विज्ञप्ति जारी गरेको हो ।

गएको डिसेम्बरमा इन्डोनेसियामा गएको सुनामीमा जनधनको क्षति भएको प्रति समवेदना व्यक्त गरि जारी गरिएको सन्देशमा समवेदनाको सट्टा बधाई उल्लेख भएको थियो । त्यो बेला पनि व्यापक विरोध भएको थियो ।

सुरुमा जारी गरिएको विज्ञप्ति, जसमा प्रधानमन्त्रीलाई पनि राष्ट्रपति भनी सम्बोधन गरिएको छ ।

प्रकाशित मिति: Mar 14, 2019

प्रतिक्रिया दिनुहोस्