Logo
११ बैशाख २०८१, मंगलबार
(March 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कद होचो भएपनि रेर्कड उच्च : आज ५४ औँ जन्मदिन मनाउँदै आमिर खान

बलिउडमा मिस्टर पर्फेक्टसनिस्टको रुपमा चिनिएका नायक आमिर खान बलिउडमा छोटा कद तर करियरको ग्राफ उचो रहेको नायकको रुपमा लिईन्छ । आज उनै नायकको आज जन्मदिन रहेको छ । आज आमिरले ५४ औँ जन्मदिन मनाईरहेका छन् ।

३ सन्तानका पिता आमरिले २ बिवाह गरे । सन १९८६ मा रिना दत्तसँग बिवाह गरे भने सन् २००२ मा डिभोर्स गरे । रिनाबाट उनको एक छोरी र एक छोरा रहेका छन् । उनले सन् २००५ मा किरण रावसंग बिवाह गरे । उनले दुबै बिवाह हिन्दु धर्म मान्ने युवतीसंग बिवाह गरे ।

कान्छी श्रीमतीबाट उनको एक छोरा रहेका छन् । जो सेरोगेटबाट जन्मिएका हुन् । उनले आफनो फिल्मी करियर भने १९७३ बाट सुरु गरेका थिए तर त्यसपछि २ फिल्ममा काम गरेता पनि उनले सफलता भने सन १९८८ मा कयामत से कयामत तकबाट पाएका थिए । बर्षमा एउटा मात्र फिल्ममा काम गर्दे आईरहेका आमिरको पछिल्लो पटक ठग अफ हिन्दुस्तान रिलिज भयो तर फिल्म नमाज्जाले असफल भयो । आफै फिल्म निर्माण र निर्देशनसमेत गरिसकेका आमिर चीनमा सबैभन्दा लोकप्रिय बलिउड नायकको रुपमा पनि चर्चित छन् ।

जसको फिल्ममा चीनमा अध्याधिक रुचाईन्छ । कुनै समय साहरुख खान र सलमान खान जतिको स्थान र इज्जत नमिलेका आमिर गजनी र थ्री इडिट्सले रातारात बक्सअफिस किंग बनाईदियो । पपुरलार्टी र सफलताको हिसाबमा साहरुख र सलमान भन्दा पछाडी नै रहेका आमिर आज बक्सअफिसका किंग नै हुन् । आज बलिउड फिल्म सय २ सय ५ सय करोडको क्लबमा खेल्ने गर्छ । तर बलिउडमा सय र २ सय करोडको क्लब सुरुवात गर्ने पहिलो नायक आमिर खान नै हुन् ।

आमिर खानको गजनी फिल्म भन्दा अघि कुनै पनि फिल्मले सय करोडको क्लब छुन सकेको थिएन । उनकै फिल्मले सुरुवात गरेको यो लहड यतिबेला कुनै फिल्मले १०० करोड कलेक्सन गर्ने बित्तिकै हिटको संज्ञा दिईन्छ । त्यतीमात्र होईन बक्सअफिसमा थ्री इटियट्सले पहिलो पटक २ सय करोड कलेक्सन गर्दे यो आँकडाको सुरुवात गरेको थियो ।

जुन रेर्कड मात्र आमिर खानको खातामा रहेको छ । त्यसपछि पिके , क्रिकेट सुपरस्टार , दंगल जस्ता फिल्महरुले रेकर्डमाथि रेकर्ड नै राखे । यसबीचमा आमिर खानले ठग्स अफ हिन्दुस्तान असफल भएपछि हजार करोडको लगानीमा फिल्म निर्माण गर्ने योजना थाती राखेका छन् । आमिर खानले मुकेश अब्बानीसंग मिलेर हजार करोडको लगानीमा निर्माण गर्न लागेको फिल्म महाभारत बन्छ वा बन्दैन त्यसको कुनै निधो छैन ।

प्रकाशित मिति: Mar 14, 2019

प्रतिक्रिया दिनुहोस्