Logo
१३ बैशाख २०८१, बिहीबार
(March 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ईजीको कम्बो अफर : एउटै किस्तामा २ वटा मोबाइल

काठमाडौं :  ग्राहकहरुलाई १ रुपैयाँमा नै मोबाइल उपलब्ध गराउँदै आएको ईजी मोबाइल केयर प्रा.लि.ले विभिन्न ब्रान्डका स्मार्टफोनहरु मासिक किस्तामा दिने गरि ‘कम्बो अफर’ सार्वजनिक गरेको छ । कम्पनीले नेपालमै पहिलो पटक मासिक किस्ताबन्दीका लागि स्मार्टफोन खरिदमा कम्बो अफरसहितको योजना सार्वजनिक गरेको हो ।

कम्बो अफरमा एउटा स्मार्टफोन किस्तामा लिँदा अर्को स्मार्टफोन सस्तो मूल्यमा नै लान सकिने गरि कम्बो किस्ताबन्दी अफर ल्याएको हो । यो योजनामा तोकिएका ब्रान्ड र मोडलका २ स्मार्टफोनहरु एकैपटक मासिक किस्ताबन्दीमा लान सकिनेछ । अर्थात एउटै मासिक किस्तामा २ वटा मोडलका स्मार्टफोनहरु ग्राहकले किन्न पाउने छन् । त्यसको लागि ग्राहकहरुले केबल १ रुपैयाँ तिरेपछि घर लैजान सक्नेगरि मासिक किस्ताबन्दीमा सहभागी हुन पाउनेछन् ।

कम्बो मासिक किस्ताबन्दी अफरमा सामसङको हालै सार्वजनिक ग्यालेक्सी एस१० सँग सामसङकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन एउटै किस्तामा लान सकिने छ । त्यसैगरि ग्यालेक्सी एस१०प्लस सँग सामसङकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन एउटै किस्तामा लान सकिने छ । सामसङ एम २०का साथमा सामसङकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन १ रुपैयाँ मासिक किस्तामा लाने कम्बो अफर पनि उपलब्ध छ ।

यो योजनामा साओमीको एम ८ लाइट र रेडमी एस २ स्मार्टफोन संयुक्तरुपमा उपलब्ध छ भने भीभोको भी१५प्रो र वाई ५३सी स्मार्टफोन एकैसाथ किन्न सकिने छ । भीभो कै भी९ र भीभो वाई५३सी स्मार्टफोन एउटै अफरमा राखिएको छ ।

ओपोको एफ ९ का साथमा ओपो ए थ्रीएस स्मार्टफोन कम्बो अफरमा उपलब्ध हुनेछ भने ओपो आर १७ प्रोका साथमा ओपोकै ए ३एस स्मार्टफोन कम्बो मासिक किस्ताबन्दीमा उपलब्ध छ । ह्वावेको वाई सेभेन प्रो २०१९ भर्सन र वाई सेभेन प्रो २०१८ प्रो एकैपटक १ रुपैयाँ तिरेर किस्ताबन्दीमा किन्न सकिन्छ भने नोकियाको नोकिया ५ र नोकिया २ पनि यसै अफरमा उपलब्ध छ ।

सिमित अवधिका लागि घोषणा गरिएको यस अफरअन्तरगत किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सुविधा दिएको छ । यस कम्पनीबाट १ रुपैयाँमा किनेको फोनमा थप १ वर्षको वारेन्टी सुविधा प्राप्त गर्नेछ भने यो अफरअन्तरगत ग्राहकहरुको मोबाइल फोन बिग्रेमा घरमा नै लिन आउने र मर्मतपछि पुर्याईदिने सेवा उपलब्ध गराईनेछ ।

 

प्रकाशित मिति: Mar 14, 2019

प्रतिक्रिया दिनुहोस्