Logo
८ बैशाख २०८१, शनिबार
(March 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कलाको नयाँ प्रस्तुति ‘ए साइली’ (भिडियोसहित)

काठमाडौं :  लोक गायन क्षेत्रमा कला लम्सालको अलग्गै पहिचान छ । तनहुँमा जन्मिएर काठमाडौँ कर्मथलो बनाइरहेकी उनी सुन्दरी गायिकाको रुपमा समेत चिनिँदै आएकी छन् ।

गायनको अलवा मोडलिङमा समेत सक्रिय उनका करिब दर्जन एल्बम बजारमा आएका छन् । २ दर्जन बढी गीत गाएकी उनको पुरुषोत्तम न्यौपानेसँग गाएको ‘तराई आँगन हिमालको छाना छ, कसले भन्यो हाम्रो देश सानो छ’, ‘बनैमा पुल्यो चमेली’ लगायत थुप्रै गीत हिट भएका छन् ।

उनको अहिले ‘ए साइली’ बोलको नयाँ गीत ल्याएकी छन् । यो गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । शब्द, संगीत दीपक खड्काको रहेको यो गीतमा कलालाई स्वरमा दीपकले नै साथ दिएका छन् । गीतको भिडियोमा पनि उनी आफैँ देखिएकी छन् । महोत्सवको वातावरणमा छायाँकन गरिएको गीतको भिडियो छायाँकन तथा निर्देशन दुर्गा पौडेलले गरेकी हुन् । नविन घर्तीमगरको सम्पादन रहेको भिडियो एकता फिल्मस्ले निर्माण गरेको हो ।

दर्शकको बढीभन्दा बढी माया पाउने र सांगीतिक क्षेत्रमा उचाई चुम्ने आगामी दिनमा लक्ष्य उनले लिएकी छन् । उनले केही पहिले सम्पन्न ‘छैठौ पृथ्वी राष्ट्रीय लोक दोहोरी अवार्ड २०७५’मा अवार्ड समेत हात पारेकी छन् । ‘तराई आगन हिमालको छानो छ’ गीतबाट उनले अवार्ड हात पारेकी हुन् । अवार्ड थापेपछि उनले त्यसको श्रेय दर्शक र श्रोतामा समेत बाँडेकी थिइन् ।

यसैबीच कलाकै स्वरमा रहेको अर्को गीत पनि आउने क्रममा रहेको छ । हाल रेकर्डिङ सम्पन्न भइसकेको ‘फूल राम्रो बास्नाले’ बोलको गीत केही दिनमै भिजुलाइज्ड गरेर यूट्यूवमार्फत रिलिज गर्ने तयारी गरिएको छ ।

https://youtu.be/F66BQZftt4k

प्रकाशित मिति: Mar 14, 2019

प्रतिक्रिया दिनुहोस्