Logo
११ बैशाख २०८१, मंगलबार
(March 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहरिया जीवन र परिवर्तित जीवनशैलीको उपज मुटु रोग : के खाने के नखाने ?

काठमाडौँ :  परिवर्तित जीवनशैली र खानपानको कारण मानिसमा विभिन्न किसिमका समस्याहरु आउने गर्छन् । विशेषत हामीले दैनिक गर्ने भोजनमा ख्याल नगर्दा अनेकौ समस्याको सिकार बन्नुपर्ने हुन्छ ।

भोजनको भोज्य पदार्थलको छनौट गर्दा रोग, बल, उमेर, सत्व, मानसिकता आदिलाई आधार मानेर छनोट गर्नु महत्वपूर्ण रहेको छ । सन्तुलित, पौष्टिक, मौसमीय र क्षेत्रीय आहार सेवन गर्नाले मुटुरोगलाई नियन्त्रण गर्न सकिन्छ । यस्तै आज हामी तपाईहरुलाई मुटु रोग कसरी नियन्त्रण गर्ने भन्ने बारेमा बताउन गइरहेका छौँ ।

१. चिल्लो पदार्थ बढी पाइने चिजको सेवन गर्नु हुँदैन् । खाना पकाउन अत्यन्तै कम चिल्लो पदार्थ भएको बनस्पति तेलको प्रयोग गर्नुपर्छ । सधै प्रयोग गर्नको लागि शुद्ध तोरीको तेल र सूर्यमुखीको तेल प्रयोग गर्नु राम्रो हुन्छ । खानेकुरा पकाउदा शून्य तेल भएको खाना खाने गर्नु राम्रो हुन्छ ।

२.  मुटुरोग भएका व्यक्ति पूर्ण शाकाहारी हुनु जरुरी छ । मासु छोड्न नसक्नेले सकेसम्म राँगा, बंगुर जस्ता ठूला जनावरको मासु खानु हुँदैन् । माछा लोकल कुखुराको मासु खाँदा तेल नहाली उसिनेर १५ दिनमा एक पटक खानु राम्रो हुन्छ ।

३. चिल्लो पदार्थ भएको बदाम, काजु, नरवल जस्त तैलीय फलहरु खानु हुँदैन् ।

४. कम क्यालोरी भएको खानेकुराहरु मात्रै खानुपर्छ । चाउचाउ, बिस्कुट, नुडल्स, कार्बोनिक, अल्कोहलिक पेयजस्ता खानेकुरा मुटुरोग भएकाहरुको लागि राम्रो होइन् ।

५. पेटभरी कोची कोची खानेबानी राम्रो होइन् । चौथाइ भाग तरल पदार्थको लागि राखेर वायु संचारको लाग छोड्नुपर्छ ।

६. ठोस भोजन दिनको २ पटक मात्रै बेलुकाको भोजनमा अन्नेका मात्रा कम गर्नुपर्छ । त्यसको सट्टा दाल, तरकारीको झोल, उसिनेको सागसब्जी, तरकारी जस्ता रेसा र चोकरदार खाना खाने गर्दा स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

७. खानामा नुनको मात्रा २-३ ग्राममात्र खानुपर्छ । अजिनोमोटो, सोडियम, कार्बोनेट सोडियमबेज्जोएट्स बेकिङ पाउडर प्रयोग गर्नु हुँदैन् । मुटु रोग भएका व्यक्तिले आलु चिप्स, कुरकुरे, पाउँ जस्ता अतिरिक्त खानेकुरा खानु जोखिमयुक्त हुन्छ ।

८. मुटु रोग भएका व्यक्तिले सलाद, हरियो सागसब्जी, पीठो, रातो चामल, उमारिएको गेडागुडी खाने गर्नुपर्छ । त्यस्तै जमरामा एन्टिअक्सिडेन्टको मात्रा बढी हुने भएको यसले नशा खोल्ने हृदयघात पछिको घाउ निको पार्ने भएकाले जमरा सेवन गर्नु स्वास्थ्यको लागि फाइदाजनक रहेको छ ।

प्रकाशित मिति: Mar 14, 2019

प्रतिक्रिया दिनुहोस्