Logo
१२ बैशाख २०८१, बुधबार
(March 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्यूठानमा बन्दको पूर्ण प्रभाव, दुई स्थानमा संकास्पद बस्तु फेला

प्यूठान : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्यकर्ता पक्राउको विरोधमा गरेको बन्दका क्रममा प्युठानका दुई स्थानमा संस्कास्पद बस्तु फेला परेको छ । माण्डवी गाउँपालिका-३ देविस्थान र स्वर्गद्धारी नगरपालिका ४ भिग्रीमा संकास्पद बस्तु फेला परेको प्रहरी प्रमुख वुढाथोकीले जानकारी दिए ।

प्रहरीले विहान ४:३० बजे सडक निगरानीको क्रममा उक्त संकास्पद बस्तु भेट्टाएको थियो । जसलाई नेपाली सेनाको समुहको बम डिस्पोजल टोलीले निस्पोज पारेको बुढाथोकीले जानकारी दिए । बन्दले प्युठानको जनजीवन प्रभावित पारेको छ । लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । त्यस्तै शिक्षण संस्था, कलकारखाना, बजार समेत बन्द भएको छ ।

नेता कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै आमहड्ताल सहित नेपाल बन्दको घोषणा गरेको नेकपाले जनाएको छ ।

यसैबीच विप्लवको गतिविधिलाई मध्यनजर गर्दैे जिल्लाको सुरक्षा व्यवस्था कडा वनाइएको प्रहरीको भनाई रहेको छ । नेपाल बन्दलाई लक्षित गरि प्युठान प्रहरीले सुरक्षा सर्तकता वढाएको छ । बन्दलाई सफल पार्न विपल्प समुहले संकास्पद बस्तु तथा बम राख्न सक्ने हुँदा सुरक्षा सर्तकता अपनाईएको प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकीले बताए ।

प्रकाशित मिति: Mar 14, 2019

प्रतिक्रिया दिनुहोस्