Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिवन्धित विप्लव नेकपाको ‘नेपाल बन्द’ को खासै देखिएन प्रभाव तर ट्रकमाथि आगजनी

सरकारले प्रतिवन्ध घोषणा गरेको नेत्रविक्रम चन्द विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको खासै प्रभाव परेको छैन यद्यपी उता प्रदेश ५ का जिल्लाहरमा भने केहि प्रभाव परेको छ । कर्णालीपछि प्रदेश ५ विप्लवको गतिविधि भएको क्षेत्र मानिन्छ । विहीबार प्रदेश ५ का जिल्लाहरुका लागि बस छुट्ने बुटवलको लुम्बिनी बस टर्मिनलबाट कुनै सवारी साधन चलेका छैनन् ।

प्रदेश ५ का पहाडी जिल्लाहरुलाई अन्यको तुलनामा विप्लव समूहको बढी प्रभाव भएका क्षेत्रका रुपमा लिने गरिन्छ । विभिन्न बस समिति, जीप समितिहरुका टिकट काउन्टर बन्द गरिएका छन् । सार्वजनिक यातायातका साधन नचल्दा प्रदेशभरिको जनजीवन प्रभावित भएको छ ।
यसैबीच, सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको कालिकानगरमा बम आशंका गरिएको शंकास्पद वस्तु फेला परेको छ । सडकमा राखिएको स्पीड ब्रेकरको छेउमा उक्त शंकास्पद वस्तु फेला परेको हो । नेपाली सेनाको टोलीले शंंकास्पद वस्तु डिस्पोज गरेको छ ।

त्यसैगरी मकवानपुरको थाहा नगरपालिका-४, नयाँगाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको छ । अज्ञात समूहले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी गएराति १२ बजे आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

मास्क लगाएको एक समूहले गुडिरहेको गाडी रोकेर चालक तथा सहचालकलाई बसबाट ओराली पेट्रोल छर्केर आगजनी गरेको ट्रकका चालकले बताए । ट्रकमा आगलागी भएपछि थाहा नगरपालिकाको दमकलले नियन्त्रण गरेको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूरै जलेको छ । घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने अनुमान गरिएको छ । तर अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छ ।

यसैबीच, पूर्वपश्चिम राजमार्गको हेटौंडा औद्योगिक क्षेत्रनजिकै शंकास्पद वस्तु फेला परेको छ । निलो प्लाष्टिकमा बेरेको अवस्थामा शांकाष्पद वस्तु भेटिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुशुवाहले जानकारी दिए । शंकास्पद वस्तु भेटिएको जानकारी आएलगत्तै सेनाको बम डिस्फोज टोली बोलाएर डिस्फोजको प्रयास भइरहेको उनले बताए ।

प्रकाशित मिति: Mar 14, 2019

प्रतिक्रिया दिनुहोस्