Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुक, व्ट्सएप र इन्स्टाग्राम बन्द : संसारभरका प्रयोगकर्ता प्रभावित

बुधबार साँझदेखि केही प्रयोगकर्ताहरूका सामाजिक सञ्जालहरू फेसबुक व्ट्सएप र इन्स्टाग्राम बन्द भएका छन्। संसारका विभिन्न देशका प्रयोगकर्ताहरूले आफ्नो फेसबुक र इन्स्टाग्राम नचलेको बताएका छन्।

नेपाल लगायत अमेरिका, ब्राजिल, पेरू, कोलम्बिया, मेक्सिको जस्ता देशका प्रयोगकर्ताले बुधबार आफूहरूले यी दुई सामाजिक सञ्जाल चलाउन नसकेको बताएका छन्।

फेसबुकले ट्विटर एकाउन्ट मार्फत समाचारको पुष्टि गर्दै समस्या समाधानका लागि प्रयासरत रहेको जनाएको छ । एसियाली मुलुकमा पनि धेरै प्रयोगकर्ताले चलाउन पाइरहेका छैनन्। सबभन्दा बढी समस्या इंल्यान्डमा देखिएको मिरर डट युकेले जनाएको छ।

प्रयोगकर्ताहरूले बताएअनुसार यी दुवै सामाजिक सञ्जालले ‘इरर’ म्यासेज देखाइरहेका छन्। र, ‘काम भइरहेको छ, चाँडै ठीक हुनेछ’ भन्ने म्यासेज छ।

केही प्रयोगकर्ताहरूकोमा फेसबुक खुले पनि उनीहरूले फोटा अपलोड गर्न, स्टाटस राख्न वा केही पेजहरू खोल्न सकिरहेका छैनन्। समग्रमा यसले राम्ररी काम गरिरहेको छैन।

करौडौं प्रयोगकर्ताले चलाउँदै आएका यी एपमा किन समस्या आए भन्ने प्रस्ट छैन। कति समयमा चल्ने हो भन्ने पनि यकिन छैन। फेसबुक र इन्स्टाग्राम चल्न छाडेपछि मान्छेहरू ट्वीटरमा जोडिएको पनि मिरर डट युकेले लेखेको छ।

एक जना प्रयोगकर्ताले लेखेका छन्, ‘फेसबुक र इन्स्टाग्राम बन्द भए, यसले मान्छेहरूलाई तुरून्तै याद दिलायो कि ट्वीटर पनि छ। यो भनेको आफूलाई मनपर्ने वाइन सकिए जस्तो भयो, अनि फ्रिजबाट बियर झिकेर खाए जस्तो भयो।’

अर्काले लेखेका छन्, ‘फेसबुक बन्द भए जस्तो छ। मान्छेहरू अब साँच्चै मान्छेसँग कुराकानी गर्न जान थालेका छन्।’

फेसबुक र इन्स्टाग्राममा आएकवो यो समस्याबारे कम्पनीका प्रवक्ताले पनि प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, ‘अहिले देखिएको समस्या संसारभर नै हो। हाम्रा इञ्जिनियरहरू यसमा काम गरिरहेका छन्। समस्याबारे थाहा हुनासाथ हामी जानकारी गराउनेछौं।’

गत डिसेम्बरमा पनि फेसबुक बन्द भएको थियो। त्योबेला धेरैले फेसबुक ह्याक भएको अनुमान गरेका थिए।

संसार भर फेसबुक र इन्स्टाग्रामका २/२ अर्बभन्दा बढी प्रयोगकर्ता छन्। यी दुवै मार्क जुकरवर्गका कम्पनी हुन्। जुकरवर्गकै अर्को कम्पनी ह्वाट्सएपमा भने कुनै समस्या आएको पाइएको छैन।

(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)

प्रकाशित मिति: Mar 13, 2019

प्रतिक्रिया दिनुहोस्