Logo
|| March 13, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१४८ मेगापिक्सेल क्यामरा भएको स्मार्टफोन आउने 

पछिल्ला दिनहरुमा स्मार्टफोन कम्पनीहरुले बढीभन्दा बढी क्षमतायुक्त क्यामरा भएका स्मार्टफोन ल्याउने प्रतिस्पर्धा गरिरहेका छन् । शाओमीको रेडमी नोट सेभेन प्रोको ४८ मेगापिक्सेल क्यामरा होस् वा नोकिया नाइन प्योरभ्यूको ५ वटा क्यामरा सेटअप होस्, स्मार्टफोन फोटोग्राफीमा नयाँ आयाम थपिएको छ ।

स्मार्टफोन क्यामराको यो प्रगति रोकिनेवाला छैन । अब स्मार्टफोनमा छिटै नै १ सय ९२ मेगापिक्सेलको क्यामराबाट फोटो खिच्न पाइनेछ ।  XD Developers को रिपोर्ट अनुसार क्वालकोम कम्पनीले आफ्नो पछिल्लो संस्करणको स्नापड्रागन मोबाइल चिपसेटको क्यामरा स्पेसिफिकेसन विवरण अपडेट गरेको छ ।

जस अनुसार कम्पनीका धेरैजसो चिपसेटले अब १ सय ९२ मेगापिक्सेल रिजोलुसन सेन्सर सपोर्ट गर्नेछन् । १ सय ९२ मेगापिक्सेल सेन्सर सपोर्ट गर्ने चिपसेटको लिस्टमा क्वालकोम स्नापड्रागन ६७०, क्वालकोम स्नापड्रागन ६७५, क्वालकोम स्नापड्रागन ७१०, क्वालकोम स्नापड्रागन ८४५ तथा क्वालकोम स्नापड्रागन ८५५ को नाम सामेल छ । त्यसबाट पनि के प्रष्ट हुन्छ भने यी चिपसेटबाट चल्ने स्मार्टफोनहरुको क्यामरा छिटै नै १ सय ९२ मेगापिक्सेल क्षमताको हुनेछ ।

स्मरण रहोस् तत्काल क्वालकोम चिपसेटले १ सय ९२ मेगापिक्सेल क्यामरा सेन्सर सपोर्ट गरेता पनि तत्काल बजारमा कुनै पनि १ सय ९२ मेगापिक्सेल क्यामरा सेन्सर उपलब्ध छैन । तर भविष्यमा कम्पनीहरुबीचमा यो क्षमताको क्यामरायुक्त स्मार्टफोन ल्याउन प्रतिस्पर्धा हुने पक्का छ र यसका लागि धेरै कुर्नु नपर्नसक्छ ।

क्वालकोमले सार्वज्निक गरेको चिपसेटको नयाँ स्पेसिफिकेसन्स विवरणमा सिंगल तथा डुअल क्यामराको क्षमतालाई छुट्टाछुट्टै रुपमा उत्कृष्ट ढंगले पेश गरिएको छ । यसमा स्लो मोसन रेकर्डिङ्ग लिमिट्स तथा हाइब्रिड अटोफोकस जस्ता कैयन् फिचर्स पनि रहेको प्रष्ट हुन्छ । यतिमात्र होइन अपडेटेड स्पेसिफिकेसनको सूचिमा फ्रेमरेट, मेगापिक्सेल, कोडेक सपोर्ट तथा रिजोलुसन लिमिटेन्स जस्ता कैयन् फिचर्सका बारेमा पनि जानकारी दिइएको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार १७:५७

प्रतिक्रिया दिनुहोस्