Logo
७ बैशाख २०८१, शुक्रबार
(March 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिलामा मात्र पाइने ५ प्राणघातक रोग

रोगले धनी- गरिब भन्दैन । सानो- ठूलो भन्दैन । महिला- पुरुष भन्दैन । हामी यस्तै मान्यता राख्छौं । तर, कतिपय रोग यस्ता हुन्छन् जो पुरुषलाई मात्र वा महिलालाई बढी असर गर्न सक्छ । जस्तो प्रोस्टेट क्यान्सर पुरुषलाई लाग्छ, स्तन क्यान्सर महिलालाई । भलै स्तन क्यान्सर पुरुषलाई पनि लाग्न सक्छ, तर दुलर्भ मात्रामा ।

पाठेघरको क्यान्सर वा प्रजन्न सम्बन्धी कुनैपनि समस्याले महिलालाई मात्र सताउने गर्छ । यसरी रोग पनि महिला वा पुरुषमध्ये एकलाई बढी सताउने किसिमका हुन्छन् । अतः यहाँ महिलालाई बढी सताउने रोगबारे चर्चा गरिएको छ ।

मुटु रोग

आज मुटु सम्बन्धी रोगकै कारण कयौ महिलाहरुले अकालमा ज्यान गुमाउन पुगेका छन् । कयौ विकलांग हुन पुगेका छन् । मुटु सम्बन्धी रोगकै कारण कयौ महिला सिढी चढ्न, ओर्लन असर्मथ हुने, सास लिन कठिनाई हुने समस्या भोग्दै आएका छन् । मुटु सम्बन्धि रोगमा पनि कोलोनरी मुटु रोग सबैभन्दा घातक हो । त्यसबाहेक पनि यस्ता अन्य धेरै रोग छन्, जसले महिलाहरुको शरीरमा नकारात्मक प्रभाव पार्छ ।

स्तन क्यान्सर

स्तन क्यान्सर महिलाहरुमा हुने क्यान्सर मध्यको प्रमुख हो । नेपालमा करिब ४ प्रतिशत पुरुषमा मात्र स्तन क्यान्सरको समस्या देखिएको छ । तर जनचेतनाको कमी तथा भयका कारण महिलाहरु महिलाहरु स्तन क्यान्सरको जाँचको लागि समयमै अस्पताल जाँदैनन् । जसले गर्दा उनीहरुमा स्तन क्यान्सरको जोखिम बढ्ने गर्छ । समयमै उपचार गरेको खण्डमा स्तन क्यान्सको उपचार सम्भव छ । यसको लागि समयमै स्तनको स्क्रिनिङ्ग जरुरी छ ।

ओस्टियोपोरोसिस

ओस्टियोपोरोसिस रोगले पनि मानिसहरुलाई बेलाबेलामा तर्साउने गर्छ । महिलाहरुमा ४० वर्षको उमेर पछि ओस्टियोपोरोसिस रोग देखिन सुरु गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मु्टु रोग पश्चात्त ओस्टियोपोसिस विश्वकै ठूलो स्वास्थ्य समस्या हो । ओेस्टियोपोसिस भएमा हड्डी कमजोर भई भाँचिन सक्छ । यसले हड्डीलाई यति धेरै कमजोर बनाइदिन्छ कि साधारण चोटपटक लागेमा पनि हड्डी भाँचिने सम्भावना उच्च हुन्छ ।

ओस्टियोपोरोसिसले महिला र पुरुष दुवैलाई प्रभावित पार्न सक्छ । तर रजनोवृत्ति भएका महिलालाई ओस्टियोपोरोसिसको सम्भावना अत्याधिक हुने गर्छ ।

तनाव

पुरुषको तुलनामा महिलालाई तनावको समस्या अत्याधिक मात्रामा हुन्छ । प्रत्येक वर्ष करिब १२ करोड महिला तनावको शिकार हुन्छन् । हर्मोन सम्बन्धि बदलावका कारण पनि महिलाहरुमा तनाव उत्पन्न हुनसक्छ । त्यस्तै, सामाजिक र मानसिक कारणले पनि मानिसलाई तनाव हुनसक्छ ।

अत्याधिक तनाव भएमा मानिस अस्वस्थ हुन सक्छ । यसले मानिसको वृद्धिविकासमै अवरोध खडा गर्न सक्छ । त्यसैले, तनावलाई कसरी नियन्त्रित गर्ने भन्ने कुरा व्यक्तिमा निर्भर गर्छ ।

अटोइम्युन डिजिज

अटोइम्युन डिजिज त्यस्तो विरामी हो, जसले शरीरको इम्युन सिस्टमले शरीरलाई नै आक्रमण गरी शरीरका टिष्युलाई नष्ट पारिदिन्छ । अटोइम्युन डिजिज भएमा यसले लुपस, मल्टिपल स्केलेरोसिस, अमधुमेह लगायत अस्सी भन्दा बढी प्रकारका घातक समस्या निम्त्याउने गर्छ । भनिन्छ, ७५ प्रतिशत भन्दा बढी अटोइम्यून रोग महिलामा पाइने गर्छ ।

यद्यपी, यो रोगबारे अझै पनि धेरै महिला अनविज्ञ छन् । त्यसैले, यसको जोखिमबारे धेरैलाई जानकारी नहुनस सक्छ ।किनकी यसको लक्षण खासै देखिदैन । यद्यपी, समयमै उपचार गरे यो रोगले निम्त्याउने अन्य रोगबाट सजिलै बच्न सकिन्छ । यदी तपाईंमा पनि यस्तै कुनै रोग देखिएको छ भने तुरुन्तै चिकित्सकसित परामर्श गर्न जरुरी छ । अन्यथा, यसले जटिल समस्या निम्त्याउन सक्छ ।

प्रकाशित मिति: Mar 13, 2019

प्रतिक्रिया दिनुहोस्