Logo
|| March 13, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालीमा प्रियंका-आयुष्मानको हट रोमान्स : आए यस्ता प्रतिक्रिया

काठमाडौँ :  वैशाखमा विवाहको तयारी गरिरहेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी अहिले इन्डोनेशियाको बालीमा छन् ।इन्गेजमेन्ट गरिरसकेका यो जोडीले ४ दिन अघि बाली, सिंगापुर बिदामा जान लागेको भनेर इन्टाग्राममार्फत् जानकारी दिएका थिए ।

प्रियंका र आयुष्मानले बालीका तस्बिर इन्टाग्राममा लगातार सेयर गरिरहेका छन् । कतिपय फोटोमा यी दुई निकै रोमान्टिक देखिएका छन् ।

उनीहरुको तस्बिरले थुप्रै प्रशंसकको ध्यान पनि खिचिरहेको छ । यी दुईको तस्बिरमा धेरैले कमेन्ट पनि गरिरहेका छन् । कतिले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् भने कतिले नकारात्मक प्रतिक्रिया पनि दिइरहेका छन् ।

प्रियंका र आयुष्मानको २३ घण्टा अगाडि इन्स्टाग्राममा राखिएको एउटा तस्बिरमा एक प्रशंसकले उनीहरुको यो घुमाइलाई हनिमुन बताएका छन् । उनले लेखेका छन्, ‘लाइफ होस् त प्रियंकाको जस्तो दुई पटक हनिमुन मनाउने भाग्य कमैको हुन्छ ।’

अर्का एक प्रशंसकले लेखेका छन्, ‘प्रियंकाको आयुषसँगको सम्बन्धलाई लिएर गरेको पोष्टहरु हेर्दा यस्तो लाग्छ कि प्रियंकाको अलिकति पनि बुद्धि छैन । एक, दुईवटा तस्बिर राखेर आफ्नो फ्यानहरुलाई देखाउन त ठिकै हो तर अत्ति चटक । कहिँ नभाको जात्रा हाँडी गाउँमा ।’

उनीहरुको अर्को तस्बिरमा एक व्यक्तिले लेखेका छन्, ‘सेलिब्रिटीका लागि बिदा मनाउनुको अर्थ किन सधैं नग्न हुनु हो र? ’

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘सार्वजनिक व्यक्तित्व हो भन्दैमा जे पनि सार्वजनिक रुपमै गर्न पाइन्छ र ?’ अर्की एक प्रयोगकर्ताले लेखेकी छिन्, ‘उनीहरुले सीमा तोड्दैछन् ।’

कतिले पनि उनीहरुको तस्बिरमा सकारात्मक प्रतिक्रिया पनि दिएका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘आयुष्मान सर, हामीलाई नजलाउनुहोस् । तपाईंसँग अनमोल हिरा छिन् ।’

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो तस्बिरबारे मैले केही भन्न सकिरहेको छैन । निकै उत्कृष्ट छ ।’ कतिले उनीहरुलाई संसारकै उत्कृष्ट र हट जोडीको संज्ञा दिएका छन् ।

एक प्रयोगकर्ताले लेखेकी छिन्, ‘म तिम्रो फिड दिनदिनै हेरिरहेकी छु । ठट्टा मात्रै तर तिम्रो फिड निकै उत्कृष्ट छ ।’

अर्की प्रयोगकर्ताले लेखेकी छिन्, ‘तपाईंहरु साँचो प्रेमका उदाहरण हुनुहुन्छ किनभने आयुष दादाले पिकु दिको सँगै घुम्ने योजना साकार पारेका छन् । त्यसकारण म आयुषलाई वास्तविक राजकुमार भइदिएकोमा स्यालुट गर्छु । तपाईंहरु दुईलाई भगवानले रक्षा गरुन् । संकीर्ण सोच भएकाहरुले तपाईंहरुको इर्ष्या गर्छन् किनभने उनीहरुलाई आफ्ना प्रेमीले माया गरेनन्, केयर गरेनन् र पिकु दिलाई जस्तो विशेष महसुस गराएनन् । त्यसकारण उनीहरुले नकारात्मक प्रतिक्रिया दिइरहेका छन् । ’

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार १४:४२

प्रतिक्रिया दिनुहोस्