Logo
७ बैशाख २०८१, शुक्रबार
(March 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसकारण प्रयोग गरिन् करिना कपुरले नक्कली अकाउन्ट

बलिउड नायिका करिना कपुर खान ती सेलिब्रिटीमा पर्छिन् जो सोसल मिडियासँग सम्बन्धित छैनन् । करिना सोसल मिडिया किन प्रयोग गर्दिनन्, के साँच्चै उनी सोसल मिडियामा छैनन् ? यसबारे उनले अरबाज खानले होस्ट गर्ने कार्यक्रम पिन्चमा जानकारी दिएकी छिन् ।

यो एपिसोडको भिडियो सलमान खानको आधिकारिक ट्वीटर ह्यान्डलबाट सेयर गरियो । करिनाले भिडियोमा आफू सोसल मिडियामा नभएपनि सबै कुराबारे जानकारी भएको बताइन् । करिनालाई जब अरबाजले सोसल मिडियामा उनको फेक अकाउन्ट छ भनेर सोध्दा करिनाले भनिन्, ‘साँच्चै भन्नुपर्दा यसलाई फेक भन्न सकिन्नँ, यो सक्कली नै हो तर मेरो भिन्न पहिचानको छ । एक अपरिचित पहिचान ।’

करिनाले यसरी सोसल मिडियाबारे जानकारी राख्नु गलत नभएको बताइन् । उनका अनुसार यो एउटा जानकारी जुटाउने माध्यम हो । आफूलाई नीजि जीवनका तस्बिर सोसल मिडियामा अपलोड गर्न मन नपर्ने भएकाले पनि यस्तो गर्ने गरेको उनी बताउँछिन् । आफू यस्तो दबाबका लागि तयार नभएको पनि उनले बताइन् ।

करिना सोसल मिडियामा हुनु नहुनुले कुनै फरक नपार्ने बताउँछिन् । उनी भन्छिन्, ‘अन्तत: कुराहरु सार्वजनिक भइछाड्छ ।’ आफूलाई सोसल मिडियामा मानिसहरुले गरेको कमेन्ट पनि पढ्ने गरेको उनले उक्त कार्यक्रममा बताइन् ।

प्रकाशित मिति: Mar 13, 2019

प्रतिक्रिया दिनुहोस्