Logo
८ बैशाख २०८१, शनिबार
(March 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाले यसकारण गर्यो बैठक बहिष्कारको निर्णय, सभामुखले भने छलफलका लागि बोलाए

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबीच छलफल हुने भएको छ । राजपा नेपालले आज बस्ने प्रतिनिधिसभा बैठक बष्हिकार गर्ने निर्णय गरेपछि सभामुख महराले राजपा नेपालका नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।

मधेश तथा थरुहट आन्दोलनको बारेमा छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायधीश गिरीशचन्द्र लालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन भएको थियो । सो आयोगले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो तर सरकारले सो प्रतिवेदन सार्वजनिक नगरेपछि राजपा नेपालका नेताहरुले प्रतिनिधिसभामा कुरा उठाएका छन् ।

प्रतिनिधिसभाका बैठकमा राजपा नेपालका नेताहरुले लगातार कुरा उठाएपछि सभामुख महराले फागुन २६ गते सो प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ गरेका थिए । तर सरकारले हालसम्म सो प्रतिवेदन सार्वजनिक नगरेपछि राजपा नेपालले आज बस्ने प्रनिधिसभाको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ ।

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवले लाल आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न आफूहरुले पटक पटक कुरा उठाएपनि सरकारले वेवास्ता गरेको आरोप लगाए ।

प्रकाशित मिति: Mar 13, 2019

प्रतिक्रिया दिनुहोस्