Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिके राउतको समुहले मधेसलाई यूएनपीओमा दर्ता गराएको खुलासा (हेर्नुस् भिडियो)

काठमाण्डौ : सिके राउत नेतृवको स्वतन्त्र मधेश गठबन्धनले मधेसलाई यूएनपीओमा दर्ता गराएको खुलेको छ । मधेस २६ औं सदस्यका रुपमा दर्ता छ । मधेसलाई नेपालको औपनिवेशिक उत्पीडनमा परेको भूभागका रुपमा दर्ता गरिएको हो ।

उक्त आधार तयार गर्ने क्रममा राउतलाई पश्चिमा राष्ट्रहरुले पूर्ण रुपमा सहयोग गरेको भेटिएको छ । राउतले अमेरिकी एजेन्टको सहयोगमा नेपालको तराई भागलाई मधेस नामाकरण गरी यूएनपीओमा दर्ता गराएका हुन् ।

सीके राउतका प्रतिनिधि रवीन्द्रकुमार यादवले तराई क्षेत्र नेपालको दक्षिणी भागमा अवस्थित रहेको बताएका छन् । नेपालको कूल क्षेत्रफलको १७ प्रतिशत भूभाग तराईले आगटेको उनले त्यो सभालाई जानकारी गराएका छन् ।

साथै उनले मधेशी नागरिकलाई नेपाली सेनामा पूर्णरुपमा बन्देज गराइएको जानकारी गराएका छन् । उनले भनेका छन्, ‘मधेशविरोधी गतिविधि गरेको भन्दै रवनकुमार यादवलाई प्रहरीले पक्राउ गर्यो । जेलमा प्रहरीले उनलाई चरम यातना दिइयाे र उनकाे ज्यान गयाे । नेपाल प्रहरीले सीके राउतलाई ७ अक्टोबर २०१८ मा पक्राउ गर्यो ।’

नेपालको शासनमा परेपछि मधेसमा ज्यादती भएको मधेसी समुदायलाई अल्पसंख्यकहरुलाई दमन गरेको एक देश, एक भेष, एक भाषा लागू गरी संस्कृतिमाथि हस्तक्षेप गरेको लगायतका आरोप लगाइएको छ ।

मधेसले २०१७ मा युएनपीओको सदस्यता पायो । युएनपीओमा मधेसको क्षेत्रफल २३ हजार ६८ वर्गकिलोमिटर नेपालको दक्षिणी तराई क्षेत्रमा उल्लेख छ । यसको जनसंख्या १ करो ३३ लाख उल्लेख छ । भाषा मध्येदेशिय (अवधी, बज्जिका, भोजपुरी हिन्दी मैथली राजवंशी सन्थाली, थारु उर्दु र अन्य) उल्लेख छ ।

प्रतिनिधित्वविहीन राष्ट्र र जनताको संगठनका रुपमा सक्रिय अन्तर्राष्ट्रिय संस्था यूएनपीओमा आदिवासी, अल्पसंख्यक, मान्यता नपाएका राज्य र अरु देशको कब्जामा परेका क्षेत्रहरूका लागि संगठित हुनेहरू सदस्य छन् ।

सन् १९९१ मा नेदरल्याण्डसको हेगमा स्थापना गरिएको यूएनपीओको मुख्यालय बेल्जियमको राजधानी ब्रसेल्समा छ ।
यो भिडियो बाहिरिएसँगै नेपाली राजनीतिमा झनै सनसनी मच्चिएको छ ।

हेर्नुस् भिडियो : 

प्रतिक्रिया दिनुहोस्