Logo
८ बैशाख २०८१, शनिबार
(March 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यादव र शर्माको अवकाशपछि निर्वाचन आयोगमा दाहाल र दिनेश थपलियाको चर्चा

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव र आयुक्त ईला शर्माको दुई हप्तापछि अवकाश पाउने भएका छन् । उनीहरुको अवकाशपछि आयोगको प्रमुख आयुक्त को बन्ने भन्नेबारे बहस सुरु भएको छ ।

क्रमशः सुधिर शाह, नरेन्द्र दाहाल र ईश्वरी प्रसाद पौडेलमध्ये एक जनालाई प्रमुख आयुक्त बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दवाब रहेको बताइएको छ । स्रोतका अनुसार पौडेल कांग्रेसनिकट भएकाले उनको प्रमुख आयुक्त बन्ने सम्भावना छैन । शाह नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’ निकट मानिन्छन् भने दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीको मान्छे हुन् ।

तर प्रधानमन्त्री केपी शर्मा ओली भने हाल रहेका आयुक्तहरु मध्येबाट नभई बाहिरबाट नयाँ आयुक्त ल्याउने सोचमा रहेका छन् । प्रधानमन्त्रीको सोही योजनाअनुसार सरकारको नयाँ ब्यक्तीको खोजी समेत गरिरहेको बताइएको छ ।

हाल संघीय मामिला तथा सामान्य प्रशासन सचिव रहेका दिनेश थपलियालाई प्रमुख आयुक्त बनाइने सोचमा ओली सरकार रहेको बताइएको छ । केहि दिनपछि थपालीया पनि अवकास पाउँदैछन् । प्रशासनिक अनुभवमा पोक्त रहेकाले थपलियालाई प्रमुख् आयुक्त बनाउने सोचमा प्रधानमन्त्री ओली स्वयं रहेको बताइएको छ ।

प्रकाशित मिति: Mar 12, 2019

प्रतिक्रिया दिनुहोस्