Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक सन्तोष लामाको “चाइनाको रेल”को भिडियो सार्वजनिक

काठमाडौँ :  चर्चित गायक सन्तोष लामा र गायिका इन्दिरा जोशीको स्वरमा रहेको “चाइनाको रेल” को भिडियो सार्वजनिक भएको छ । तर गीतमा गायिका जोशीले भने केहि अंश मात्र गाएकी छिन् ।

नेपाली जगतमा चर्चित हाँस्य कलाकार सन्दिप क्षत्रीको अभिनय रहेको भिडियोमा पोखराको चर्चित डान्स ग्रुप क्रिस्टल क्लजको डान्स हेर्न सकिन्छ । भोडियोमा पोखराकी मोडल मुस्कान घतानेको समेत अभिनय गरेकी छिन् । दोस्रो नेपाली तारा समेत रहेका गायक लामाले गीतको भिडियोलाई केही रमाइलो तथा फरक सोचका साथ तयार पारिएको छ ।

अनिल केसी भिडियोका प्रस्तुती रहेको भिडियोलाई संदिप क्षेत्री र सन्देश जंग रानाले निर्देशन गरेका छन् । सन्देशजंग रानाको सम्पादन सुसन प्रजापतिको छायांकन, क्रिस्टल क्लजको कोरियोग्राफी रहेको छ ।

यसैविच, लामाको गीतको कभर भिडियो तयार पार्ने तथा नेपालमै पहिलो पटक उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई पुरस्कार समेत घोषणा गरिएको छ । “चाइनाको रेल” कभर भिडियो तयार पार्ने व्यक्ति वा समुह मध्येबाट उत्कृष्टलाई नगद १ लाख ११ हजार नगद पुरस्कारको घोषणा गरिएको छ भने उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई २२ हजार नगदको समेत घोषणा गरिएको छ ।

https://youtu.be/sif3Ztoz8Io

प्रकाशित मिति: Mar 12, 2019

प्रतिक्रिया दिनुहोस्